गोरखा — गरिबी निवारण तथा आत्मनिर्भरता अभिवृद्धि गर्ने उद्देश्यले सञ्चालन गरिएको लघु उद्यम विकास (MEDPA) कार्यक्रम अन्तर्गत धार्चे गाउँपालिकामा साबुन तथा स्याम्पु बनाउने तालिम सम्पन्न भएको छ।
धार्चे गाउँपालिका–७, लापुमा सञ्चालन गरिएको उक्त तालिम चैत २० गतेदेखि सुरु भई आज समापन गरिएको हो। गाउँपालिकाको आयोजना तथा MEDPA कार्यक्रमको सहकार्यमा सञ्चालित तालिममा विशेषगरी स्थानीय महिला दिदीबहिनीहरूको सक्रिय सहभागिता रहेको थियो।
तालिमका क्रममा सहभागीहरूले नुहाउने साबुन, झोल साबुन, स्याम्पु तथा हरपिक जस्ता दैनिक उपभोग्य सामग्री उत्पादन गर्ने सीप हासिल गरेका छन्। कार्यक्रममा सहभागी सबैलाई समापनका अवसरमा प्रमाणपत्र समेत प्रदान गरिएको थियो।
कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष सुनिला गुरुङको समेत सहभागिता रहेको थियो। उनले सीपमूलक तालिमले महिलाहरूलाई आत्मनिर्भर बन्न र आयआर्जनमा टेवा पुग्ने विश्वास व्यक्त गरिन्।
“यस्ता तालिमहरूले स्थानीय स्रोत–साधनको सदुपयोग गर्दै गाउँमै रोजगारी सिर्जना गर्न मद्दत गर्छ,” उनले भनिन्।
गाउँपालिकाले ‘सुन्दर, सुरक्षित र समृद्ध धार्चे’ बनाउने लक्ष्यसहित यस्ता सीपमूलक कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ। साथै, स्थानीयस्तरमै उत्पादन र उद्यम विकासमार्फत गरिबी न्यूनीकरण गर्ने अभियानलाई थप प्रभावकारी बनाइने गाउँपालिकाको भनाइ छ।
स्थानीय तहमा सञ्चालन गरिएका यस्ता कार्यक्रमहरूले रोजगारी सिर्जना गर्नुका साथै महिला सशक्तीकरणमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।
-
आर्थिक वर्षको पहिलो दिनबाटै एक्सनमा उत्रिए सहिद लखन गाउँपालिका–७ का वडाध्यक्ष शरण श्रेष्ठ, १७ योजना कार्यान्वयनमा
-
‘नोट हजारको’ लिएर आए बसन्त लम्साल र शान्तिश्री परियार
-
बेरुजू आउनु भनेको सबै भ्रष्टाचार होइन : आँबुखैरेनी अध्यक्ष चुमान
-
गोरखाका किरण ढकाल राष्ट्रिय युवा संघ नेपाल गण्डकी प्रदेशको सचिवमा चयन
-
तीजको मौलिक कोसेली ‘नाच्ने आजै हो’ सार्वजनिक, परम्परागत संस्कृतिको सुन्दर चित्रण