गोरखा — गण्डकी गाउँपालिकाले आफ्नै भवनबाट सेवा सुरु गरेको छ। वडा नम्बर ६ बन्टारमा नवनिर्मित भवनको बुधबार एक कार्यक्रमका बीच उद्घाटन गर्दै सेवा प्रवाह औपचारिक रूपमा सुरु गरिएको हो।
गाउँपालिका अध्यक्ष दीपक तिमिल्सिना साकारले भवनको उद्घाटन गर्दै अबदेखि विभिन्न स्थानमा भाडामा वा अस्थायी रूपमा सेवा दिनुपर्ने अवस्थाको अन्त्य भएको बताउनुभयो। यसअघि कहिले घर, कहिले विद्यालयलगायत स्थानबाट सेवा दिनुपर्ने बाध्यता रहेकामा अब आफ्नै भवनबाट नागरिकलाई सेवा प्रदान गर्न पाउँदा सहज हुने उहाँको भनाइ थियो। भवन निर्माणका लागि सहयोग गर्ने ब्लु इनर्जी, जग्गा दाता जुन बहादुर गुरुङ र रेशम माया गुरुङ तथा यसअघि भवन उपलब्ध गराउने तामनडाँडा मावि परिवारप्रति उहाँले आभार व्यक्त गर्नुभयो।

वडा नम्बर ६ का वडाध्यक्ष तुलबहादुर गुरुङले झण्डै नौ वर्षपछि आफ्नै भवनबाट सेवा सुरु गर्न पाएको उल्लेख गर्दै लामो समयको विवाद र अवरोधपछि भवन निर्माण सम्पन्न भएको बताउनुभयो। त्यस्तै, प्रमुख प्रशासकीय अधिकृत तुलसीराम आचार्यले नागरिकलाई प्रभावकारी सेवा दिन भौतिक संरचना महत्वपूर्ण हुने बताउँदै अब सेवा प्रवाह अझ सुदृढ हुने विश्वास व्यक्त गर्नुभयो।
कार्यक्रममा पूर्व प्रमुख प्रशासकीय अधिकृत तथा नेपाल सरकारका उपसचिव राकेश गुरुङले नयाँ भवनबाट सेवा अझ प्रभावकारी र जनमुखी हुने विश्वास व्यक्त गर्नुभयो। गाउँपालिकाले ६० प्रतिशत जनसंख्यालाई सहज हुने गरी कार्यालय स्थानान्तरण गरेको जनाएको छ।
-
आर्थिक वर्षको पहिलो दिनबाटै एक्सनमा उत्रिए सहिद लखन गाउँपालिका–७ का वडाध्यक्ष शरण श्रेष्ठ, १७ योजना कार्यान्वयनमा
-
‘नोट हजारको’ लिएर आए बसन्त लम्साल र शान्तिश्री परियार
-
बेरुजू आउनु भनेको सबै भ्रष्टाचार होइन : आँबुखैरेनी अध्यक्ष चुमान
-
गोरखाका किरण ढकाल राष्ट्रिय युवा संघ नेपाल गण्डकी प्रदेशको सचिवमा चयन
-
तीजको मौलिक कोसेली ‘नाच्ने आजै हो’ सार्वजनिक, परम्परागत संस्कृतिको सुन्दर चित्रण