काठमाडौँ — बुलन्द आवाजको आह्वानमा सञ्चालन गरिएको सरसफाइ तथा सचेतना अभियानको समापन कार्यक्रम सम्पन्न भएको छ।
आज बिहान भएको समापन कार्यक्रममा कृष्णहरि महर्जन प्रमुख अतिथिका रूपमा उपस्थित रहेका थिए। कार्यक्रममा पत्रकार, सामाजिक व्यक्तित्व तथा सरसफाइ अभियानमा योगदान पुर्याउने विभिन्न व्यक्तिहरूलाई सम्मान गरिएको छ।
कार्यक्रमका क्रममा अभियानका सञ्चालक राजन नेपाललाई तारकेश्वर नगरपालिकाले दोसल्लासहित विशेष सम्मान प्रदान गरेको छ। सहभागी वक्ताहरूले नगर क्षेत्रको वातावरण संरक्षण तथा सरसफाइमा उनले पुर्याएको योगदानको प्रशंसा गरेका थिए।
कार्यक्रममा उपप्रमुख सृजना बुर्लाकोटी, प्रमुख प्रशासकीय अधिकृत धर्मराज लम्साल तथा वडाका जनप्रतिनिधिहरूले आ–आफ्नो धारणा राखेका थिए। कार्यक्रमको सञ्चालन केदार खत्रीले गरेका थिए।
सरसफाइ अभियानमा नगरका शिक्षक, प्रधानाध्यापक, स्वास्थ्यकर्मी, विद्यार्थी, कर्मचारी, जनप्रतिनिधि, नगर प्रहरी तथा सरसफाइकर्मीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
आयोजकका अनुसार बुलन्द आवाजले नगरका ११ वटै वडामा एक–एक दिन सरसफाइ सचेतना तथा फोहोर संकलन कार्यक्रम सञ्चालन गरेको थियो। समापन कार्यक्रममा अभियानसम्बन्धी डकुमेन्ट्री समेत प्रस्तुत गरिएको थियो।
कार्यक्रमलाई स्थानीय सरसफाइ तथा वातावरणीय सचेतना अभियानका रूपमा महत्वपूर्ण मानिएको छ।
-
बेरुजू आउनु भनेको सबै भ्रष्टाचार होइन : आँबुखैरेनी अध्यक्ष चुमान
-
‘नोट हजारको’ लिएर आए बसन्त लम्साल र शान्तिश्री परियार
-
गोरखाका किरण ढकाल राष्ट्रिय युवा संघ नेपाल गण्डकी प्रदेशको सचिवमा चयन
-
तीजको मौलिक कोसेली ‘नाच्ने आजै हो’ सार्वजनिक, परम्परागत संस्कृतिको सुन्दर चित्रण
-
चाँगुनारायणमा स्वास्थ्य संस्था र फार्मेसीको संयुक्त अनुगमन, नियमविपरीत सञ्चालनमा कारबाहीको चेतावनी