प्रधानमन्त्री बालेन्द्र शाहविरुद्ध अपमानजनक सामग्री प्रकाशित गरेको आरोपमा पाँचथरमा एक युट्युबर पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार ‘Hades’ नामक युट्युब च्यानलमार्फत प्रधानमन्त्री शाहलाई लक्षित गर्दै गालीगलौज तथा आपत्तिजनक सामग्री सार्वजनिक गरेको आरोपमा रोशन पोखरेललाई पक्राउ गरिएको हो।
फाल्गुनन्द गाउँपालिका–७ स्थायी घर भई सदरमुकाम फिदिममा बस्दै आएका पोखरेलले आफ्नो च्यानलमार्फत राजनीतिक नेताहरू तथा उनीहरूको कामकारबाहीबारे टिप्पणी गर्दै भिडियो बनाउँदै आएका थिए।
प्रहरीका अनुसार उनलाई पक्राउ गरी आवश्यक अनुसन्धान प्रक्रिया अगाडि बढाइएको छ।
पोखरेलले प्रधानमन्त्री बन्नुअघि आफ्नै च्यानलमा सार्वजनिक गरेको भिडियोमा बालेन्द्र शाहप्रति आलोचनात्मक टिप्पणी गरेका थिए। साथै उनले अन्य राजनीतिक नेताहरूबारे पनि विभिन्न अभिव्यक्ति दिएका थिए, जुन भिडियो अहिले पनि उनको च्यानलमा रहेको जनाइएको छ।
प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।
-
आर्थिक वर्षको पहिलो दिनबाटै एक्सनमा उत्रिए सहिद लखन गाउँपालिका–७ का वडाध्यक्ष शरण श्रेष्ठ, १७ योजना कार्यान्वयनमा
-
‘नोट हजारको’ लिएर आए बसन्त लम्साल र शान्तिश्री परियार
-
गोरखाका किरण ढकाल राष्ट्रिय युवा संघ नेपाल गण्डकी प्रदेशको सचिवमा चयन
-
तीजको मौलिक कोसेली ‘नाच्ने आजै हो’ सार्वजनिक, परम्परागत संस्कृतिको सुन्दर चित्रण
-
चाँगुनारायणमा स्वास्थ्य संस्था र फार्मेसीको संयुक्त अनुगमन, नियमविपरीत सञ्चालनमा कारबाहीको चेतावनी