लमजुङ — मर्स्याङ्दी गाउँपालिकामा सडक दुर्घटनाबाट हुने मानवीय तथा भौतिक क्षति न्यूनीकरण गर्ने उद्देश्यले सचेतना कार्यक्रम तथा ब्रेथलाइजर मेसिन हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ।
गाउँपालिकाको आयोजनामा खुदी युथ क्लब र खुदी प्रहरी चौकीको सहकार्यमा मस्र्याङ्दी–९ साम्बाचोक, खुदीमा कार्यक्रम आयोजना गरिएको हो।
कार्यक्रममा सवारी चालक, सहचालक तथा सर्वसाधारणलाई सडक सुरक्षाको महत्त्वबारे जानकारी दिँदै सुरक्षित, संयमित र जिम्मेवार रूपमा सवारी सञ्चालन गर्न विशेष जोड दिइएको आयोजकले जनाएको छ।
सो अवसरमा गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले जिल्ला ट्राफिक कार्यालय लमजुङका प्रहरी नायब निरीक्षक गौतम बहादुर खत्रीमार्फत ब्रेथलाइजर मेसिन हस्तान्तरण गरेका थिए। उक्त मेसिनले मादक पदार्थ सेवन गरी सवारी चलाउने प्रवृत्ति नियन्त्रण गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।
कार्यक्रममा गाउँपालिका उपाध्यक्ष जुना माया थापा, जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक नेत्र बहादुर थापा, वडा अध्यक्षहरू, जनप्रतिनिधि, स्थानीय युवा क्लबका प्रतिनिधि, चालक तथा सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रममा सहभागीहरूलाई मादक पदार्थ सेवन गरी सवारी नचलाउन, सिट क्षमता भन्दा बढी यात्रु नराख्न तथा ट्राफिक नियमको पूर्ण पालना गर्न आग्रह गरिएको थियो।
-
सेफ गिरी राज भट्ट: संघर्ष, स्वाद र सफलताको प्रेरणादायी यात्रा
-
चल्याे बतास सरर गोरखाको डांडैमा सार्वजनिक, गोरखाका परशुराम थपलियाको नयाँ लोकदोहोरी गीत चर्चामा
-
झम्के रोधी क्लबको चौथो वार्षिकोत्सव आज सम्पन्न हुँदै
-
लोकदोहोरी व्यवसायी संघद्वारा बसपार्कका ६१ दोहोरी साँझलाई सुरक्षा सामग्री हस्तान्तरण
-
मर्स्याङदी गाउँपालिका–८ मा विपन्न परिवारलाई कुखुराका चल्ला वितरण, आयआर्जन तथा स्वरोजगार प्रवर्द्धनमा जोड