प्रधानमन्त्री बालेन्द्र शाहलाई अपमानजनक शब्द प्रयोग गरी भिडियो बनाएको आरोपमा पक्राउ परेका पाँचथरका युट्युबर रोशन पोखरेल रिहा भएका छन्। रोशन पोखरेल लाई बिहीबार प्रहरीले नियन्त्रणमा लिएको थियो।
सार्वजनिक रूपमा चर्को आलोचना भएपछि उनलाई रिहा गरिएको हो। उनलाई अनुसन्धानका लागि १० दिनको म्याद थप गरिएको भए पनि आलोचना बढेपछि आइतबार रिहा गरिएको बताइएको छ।
पक्राउपछि केही जेनजी अगुवाहरूले आपत्ति जनाएका थिए। जेनजी मुभमेन्ट नेपाल का प्रवक्ता विजय शाहले विज्ञप्ति जारी गर्दै उनलाई तत्काल रिहा गर्न माग गरेका थिए। यस्तै जेनजी अगुवा तनुजा पाण्डेले पनि प्रधानमन्त्री शाहको पुराना अभिव्यक्तिबारे प्रश्न उठाउँदै भिडियोमार्फत प्रतिक्रिया दिएकी छिन्।
यता, जेनजी अगुवा भावना राउतले असहमति व्यक्त गर्ने अन्य तरिका भए पनि “मन नपरेकै कारण जेल” भन्ने प्रवृत्ति लोकतन्त्रका लागि खतरा हुने टिप्पणी गरेकी छिन्। भने, जेनजी अगुवा रक्षा बमले युट्युबरको विवादित सामग्रीलाई प्रोत्साहन नगर्नु उचित हुने धारणा व्यक्त गरेकी छिन्।
रोशन पोखरेलले ‘hades’ नामक युट्युब च्यानलमार्फत प्रधानमन्त्रीलाई लक्षित गरी गालीगलौजयुक्त सामग्री अपलोड गरेको आरोपमा प्रहरीले नियन्त्रणमा लिएको थियो। उनी फाल्गुनन्द गाउँपालिका–७, पाँचथर निवासी हुन्। प्रहरीले सार्वजनिक पदाधिकारीविरुद्ध अपमानजनक सामग्री प्रकाशित गरेपछि सोधपुछका लागि नियन्त्रणमा लिएको जनाएको छ।
-
आर्थिक वर्षको पहिलो दिनबाटै एक्सनमा उत्रिए सहिद लखन गाउँपालिका–७ का वडाध्यक्ष शरण श्रेष्ठ, १७ योजना कार्यान्वयनमा
-
‘नोट हजारको’ लिएर आए बसन्त लम्साल र शान्तिश्री परियार
-
गोरखाका किरण ढकाल राष्ट्रिय युवा संघ नेपाल गण्डकी प्रदेशको सचिवमा चयन
-
तीजको मौलिक कोसेली ‘नाच्ने आजै हो’ सार्वजनिक, परम्परागत संस्कृतिको सुन्दर चित्रण
-
चाँगुनारायणमा स्वास्थ्य संस्था र फार्मेसीको संयुक्त अनुगमन, नियमविपरीत सञ्चालनमा कारबाहीको चेतावनी