काठमाडौं — शिक्षामन्त्री सस्मित पोखरेलले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन्, जसअनुसार उनी आर्थिक रूपमा सम्पन्न देखिएका छन्।
पेश गरिएको विवरण अनुसार, काठमाडौंमा दुई वटा घर रहेका छन्। मन्त्री पोखरेलकी आमा मिनाक्षी ओझाको नाममा काठमाडौं वडा नम्बर ४ मा करिब ४ करोड रुपैयाँ मूल्य पर्ने घर रहेको छ। यस्तै, कागेश्वरी मनोहरामा पनि आमाकै नाममा करिब ५ करोड रुपैयाँ मूल्यको अर्को घर रहेको उल्लेख गरिएको छ। ती घरहरू बुवा रमेशकुमार पोखरेलको पारिश्रमिक तथा पैत्रिक सम्पत्तिबाट निर्माण भएको जनाइएको छ।
सम्पत्ति विवरणमा काठमाडौं, ललितपुर र मोरङ जिल्लाका विभिन्न ५ स्थानमा जग्गा रहेको उल्लेख छ। ती सबै जग्गा बुवा रमेशकुमार पोखरेल र आमा मिनाक्षी ओझाको नाममा रहेका छन्, जसको कुल अनुमानित मूल्य ११ करोड ५० लाख रुपैयाँ रहेको बताइएको छ।
त्यसैगरी, मन्त्री पोखरेलसँग करिब २५ तोला सुन (करिब ७५ लाख रुपैयाँ मूल्य) र १०० तोला चाँदी रहेको उल्लेख गरिएको छ। साथै, नगद रकम र तीन वटा बैंकमा गरी करिब ४ लाख ५० हजार रुपैयाँ बचत रहेको विवरणमा जनाइएको छ।
उनीसँग विभिन्न कम्पनीहरूमा करिब १ करोड ८० लाख रुपैयाँ बराबरको सेयर लगानी रहेको पनि उल्लेख छ। अर्कोतर्फ, दुई वटा बैंकबाट लिएको ७५ लाख रुपैयाँ कर्जा रहेको देखाइएको छ।
सवारी साधनतर्फ, मन्त्री पोखरेलसँग करिब ७० लाख रुपैयाँ मूल्य बराबरको विद्युतीय सवारी साधन तथा ४० लाख रुपैयाँ मूल्यको बीवाईडी डल्फिन कार रहेको विवरणमा उल्लेख गरिएको छ।
-
आर्थिक वर्षको पहिलो दिनबाटै एक्सनमा उत्रिए सहिद लखन गाउँपालिका–७ का वडाध्यक्ष शरण श्रेष्ठ, १७ योजना कार्यान्वयनमा
-
‘नोट हजारको’ लिएर आए बसन्त लम्साल र शान्तिश्री परियार
-
गोरखाका किरण ढकाल राष्ट्रिय युवा संघ नेपाल गण्डकी प्रदेशको सचिवमा चयन
-
तीजको मौलिक कोसेली ‘नाच्ने आजै हो’ सार्वजनिक, परम्परागत संस्कृतिको सुन्दर चित्रण
-
चाँगुनारायणमा स्वास्थ्य संस्था र फार्मेसीको संयुक्त अनुगमन, नियमविपरीत सञ्चालनमा कारबाहीको चेतावनी