काठमाडौं — संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेकी छन्, जसमा काठमाडौं र बारा जिल्लामा रहेको जग्गाको स्रोत श्रीमान्को आम्दानीलाई देखाइएको छ।
सम्पत्ति विवरण अनुसार, रावलको नाममा काठमाडौंको बुढानीलकण्ठ क्षेत्रमा ५ आना जग्गा तथा बाराको कोलाबीमा १७ धुर जग्गा रहेको छ। ती दुवै जग्गा श्रीमान्को कमाइबाट खरिद गरिएको उल्लेख गरिएको छ।
त्यसैगरी, मन्त्री रावलसँग २५ तोला सुन रहेको छ। उक्त सुन स्वआर्जन तथा परिवारबाट प्राप्त उपहारका रूपमा संकलन भएको विवरणमा उल्लेख गरिएको छ।
बैंक बचततर्फ, नबिल बैंक, ग्लोबल आइएमई बैंक र एभरेस्ट बैंकमा गरी कुल २४ लाख ७८ हजार ७६० रुपैयाँ नगद रहेको छ, जुन श्रीमान्को आम्दानीबाट जम्मा भएको जनाइएको छ।
यस्तै, रावलले एभरेस्ट बैंकमा २० लाख रुपैयाँ ऋण रहेको पनि उल्लेख गरेकी छन्।
शेयर लगानीतर्फ, विभिन्न कम्पनीहरूको आईपीओ खरिदमार्फत करिब एक लाख कित्ता बराबरको शेयर रहेको विवरणमा जनाइएको छ।
-
आर्थिक वर्षको पहिलो दिनबाटै एक्सनमा उत्रिए सहिद लखन गाउँपालिका–७ का वडाध्यक्ष शरण श्रेष्ठ, १७ योजना कार्यान्वयनमा
-
‘नोट हजारको’ लिएर आए बसन्त लम्साल र शान्तिश्री परियार
-
गोरखाका किरण ढकाल राष्ट्रिय युवा संघ नेपाल गण्डकी प्रदेशको सचिवमा चयन
-
तीजको मौलिक कोसेली ‘नाच्ने आजै हो’ सार्वजनिक, परम्परागत संस्कृतिको सुन्दर चित्रण
-
चाँगुनारायणमा स्वास्थ्य संस्था र फार्मेसीको संयुक्त अनुगमन, नियमविपरीत सञ्चालनमा कारबाहीको चेतावनी