काठमाडौं — कानुनमन्त्री सोविता गौतमले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेकी छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको वेबसाइटमा प्रकाशित विवरणअनुसार गौतमसँग जग्गा, नगद, सेयर तथा अन्य सम्पत्तिहरू रहेका छन्।
सम्पत्ति विवरण अनुसार, काठमाडौं र चितवनमा श्रीमान् र सासुसहितको नाममा जग्गा रहेको उल्लेख गरिएको छ।
गहनातर्फ, विवाहमा १० तोला र पैत्रिक रूपमा ५ तोला सुन रहेको देखाइएको छ भने ९ तोला चाँदी पनि पैत्रिक रूपमा प्राप्त भएको उल्लेख छ। साथै, विवाहमा एक तोला हिरा प्राप्त भएको विवरणमा जनाइएको छ।
बैंक बचततर्फ, एनआइसी एसिया बैंकमा ३ लाख ६८ हजार ८६७ रुपैयाँ, राष्ट्रिय वाणिज्य बैंकमा ४६ हजार ८७४ रुपैयाँ, नबिल बैंकमा ४ लाख ८१ हजार ७६७ रुपैयाँ, माछापुच्छ्रे बैंकमा १ लाख ४४ हजार ५५३ रुपैयाँ र ग्लोबल आइएमई बैंकमा ८ हजार २७४ रुपैयाँ रहेको उल्लेख गरिएको छ।
व्यवसाय तथा लगानीतर्फ, विभिन्न स्रोतबाट आम्दानी भएको जनाइएको छ। ग्लोब ट्रट हिमालय टूर्स एण्ड ट्रेक्समा ५० प्रतिशत सेयर रहेको छ भने सोपा मल्टिपल कम्पनीमा प्रतिकित्ता एक सय दरले ६ हजार ५ सय कित्ता प्रमोटर सेयर रहेको विवरणमा उल्लेख गरिएको छ।
ऋणतर्फ, गाडी खरिदका लागि राष्ट्रिय वाणिज्य बैंकबाट २० लाख रुपैयाँ र एभरेस्ट बैंकबाट २५ लाख रुपैयाँ कर्जा लिएको जनाइएको छ। साथै, उनका श्रीमान् ग्रृहेन्द्र घिमिरे ले ९५ लाख रुपैयाँ मूल्यको गाडी खरिद गरेको उल्लेख छ।
त्यसैगरी, राष्ट्रिय वाणिज्य बैंकबाट ऋण लिएर गाडी खरिद गरिएको तथा २ लाख ७५ हजार रुपैयाँ मूल्यको स्कुटर पनि खरिद गरिएको विवरणमा उल्लेख गरिएको छ।
-
आर्थिक वर्षको पहिलो दिनबाटै एक्सनमा उत्रिए सहिद लखन गाउँपालिका–७ का वडाध्यक्ष शरण श्रेष्ठ, १७ योजना कार्यान्वयनमा
-
‘नोट हजारको’ लिएर आए बसन्त लम्साल र शान्तिश्री परियार
-
गोरखाका किरण ढकाल राष्ट्रिय युवा संघ नेपाल गण्डकी प्रदेशको सचिवमा चयन
-
तीजको मौलिक कोसेली ‘नाच्ने आजै हो’ सार्वजनिक, परम्परागत संस्कृतिको सुन्दर चित्रण
-
चाँगुनारायणमा स्वास्थ्य संस्था र फार्मेसीको संयुक्त अनुगमन, नियमविपरीत सञ्चालनमा कारबाहीको चेतावनी