लमजुङ, २९ चैत: जडिबुटी तथा कृषि वन प्रवर्द्धन र वन्यजन्तु संरक्षण सम्बन्धी अन्तरक्रिया कार्यक्रम मर्स्याङ्दी गाउँपालिका–७, छिनखोला, लमजुङमा सफलतापूर्वक सम्पन्न भएको छ। उक्त कार्यक्रम सामुदायिक रेडियो मर्स्याङ्दीको आयोजना तथा डिभिजन वन कार्यालय लमजुङको सहयोगमा सञ्चालन गरिएको हो।
कार्यक्रम सामुदायिक रेडियो मर्स्याङ्दीका सञ्चालक समिति अध्यक्ष गमप्रसाद गुरूङको अध्यक्षतामा तथा गण्डकी प्रदेश सरकारका वन तथा वातावरण मन्त्री माननीय भेष बहादुर पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो।
कार्यक्रममा मर्स्याङ्दी गाउँपालिका अध्यक्ष अर्जुन गुरूङ, प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद खनाल, प्रहरी नायब उपरीक्षक जितेन्द्र कुमार बस्नेत, डिभिजन वन अधिकृत दिपक प्रसाद पण्डित, वडा अध्यक्ष तिल बहादुर गुरूङ लगायत विभिन्न सरोकारवाला निकायका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रमको सहजीकरण नेपाल पत्रकार महासंघ लमजुङका अध्यक्ष सन्देश पौडेलले गर्नुभएको थियो। कार्यक्रममा जडिबुटीको संरक्षण, कृषि वनको प्रवर्द्धन तथा वन्यजन्तु संरक्षणका विविध पक्षहरूबारे छलफल गरिएको थियो। सहभागीहरूले स्थानीय स्रोत–साधनको सदुपयोग गर्दै वातावरण संरक्षण र दिगो विकासमा जोड दिनुपर्ने धारणा व्यक्त गरेका थिए।
कार्यक्रम सफलतापूर्वक सम्पन्न गर्न सहयोग गर्ने सम्पूर्ण आयोजक, सह–आयोजक, अतिथिहरू, सहभागी तथा सहयोगीहरूप्रति आयोजकले धन्यवाद तथा आभार व्यक्त गरेको छ।
-
आर्थिक वर्षको पहिलो दिनबाटै एक्सनमा उत्रिए सहिद लखन गाउँपालिका–७ का वडाध्यक्ष शरण श्रेष्ठ, १७ योजना कार्यान्वयनमा
-
बेरुजू आउनु भनेको सबै भ्रष्टाचार होइन : आँबुखैरेनी अध्यक्ष चुमान
-
‘नोट हजारको’ लिएर आए बसन्त लम्साल र शान्तिश्री परियार
-
गोरखाका किरण ढकाल राष्ट्रिय युवा संघ नेपाल गण्डकी प्रदेशको सचिवमा चयन
-
तीजको मौलिक कोसेली ‘नाच्ने आजै हो’ सार्वजनिक, परम्परागत संस्कृतिको सुन्दर चित्रण