लमजुङ — क्व्होलासोंथर गाउँपालिका–३, घलेगाउँमा आयोजित तेस्रो अध्यक्ष कप २०८२ को उपाधि पुरुष तथा महिला दुवैतर्फ वडा नं ६, पसगाउँले जितेको छ।
घलेगाउँस्थित स्वर्गभूमि रंगशालामा सोमबार सम्पन्न फाइनलमा पुरुषतर्फ पसगाउँले वडा नं ५, सिङ्दीलाई सडनडेथमा ४–३ गोलले पराजित गर्दै उपाधि जित्यो। निर्धारित समय गोलरहित बराबरी भएपछि खेल टाइब्रेकर हुँदै सडनडेथमा पुगेको थियो।
पुरुषतर्फ विजेता पसगाउँले १ लाख रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेता सिङ्दीले ५० हजार रुपैयाँमा चित्त बुझाएको छ।
महिलातर्फ पसगाउँले वडा नं १, बाग्लुङपानीलाई ३–० गोलअन्तरले हराउँदै उपाधि उचाल्यो। विजेताले ५० हजार र उपविजेताले २५ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन्।
व्यक्तिगततर्फ पुरुषमा नवराज गुरुङ सर्वाधिक गोलकर्ता तथा बनिष गुरुङ उत्कृष्ट खेलाडी घोषित भए। महिलातर्फ सरिता विक सर्वाधिक गोलकर्ता र ललिता गुरुङ उत्कृष्ट खेलाडी बने। उनीहरूलाई जनही ३ हजार रुपैयाँ, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ ।
युवा तथा खेलकुद विकास समिति क्व्होलासोथारको आयोजनामा चैत २७ देखि सञ्चालन भएको प्रतियोगितामा पुरुषतर्फ ९ र महिलातर्फ ७ टिम सहभागी थिए।
विजेता तथा उपविजेता टोलीका खेलाडीलाई पूर्वमन्त्री पृथ्वीसुब्बा गुरुङ, क्व्होलासोथार गाउँपालिका अध्यक्ष सूर्यप्रसाद गुरुङ, उपाध्यक्ष गमीमाया गुरुङ, पालिकाका पूर्वउपाध्यक्ष कुमारी मुनी गुरुङ, आयोजक समितिका अध्यक्ष नौराज गुरुङलगायतले पुरस्कार वितरण गरेका थिए ।
कार्यक्रममा गाउँपालिका अध्यक्ष सूर्यप्रसाद गुरुङले खेलकुदको विकासमार्फत युवाहरूलाई सकारात्मक दिशातर्फ अग्रसर गराउन यस्ता प्रतियोगिताले महत्वपूर्ण भूमिका खेल्ने बताउँदै आगामी दिनमा अझ प्रभावकारी रूपमा प्रतियोगिता सञ्चालन गरिने प्रतिबद्धता व्यक्त गरे।
-
आर्थिक वर्षको पहिलो दिनबाटै एक्सनमा उत्रिए सहिद लखन गाउँपालिका–७ का वडाध्यक्ष शरण श्रेष्ठ, १७ योजना कार्यान्वयनमा
-
‘नोट हजारको’ लिएर आए बसन्त लम्साल र शान्तिश्री परियार
-
गोरखाका किरण ढकाल राष्ट्रिय युवा संघ नेपाल गण्डकी प्रदेशको सचिवमा चयन
-
तीजको मौलिक कोसेली ‘नाच्ने आजै हो’ सार्वजनिक, परम्परागत संस्कृतिको सुन्दर चित्रण
-
चाँगुनारायणमा स्वास्थ्य संस्था र फार्मेसीको संयुक्त अनुगमन, नियमविपरीत सञ्चालनमा कारबाहीको चेतावनी