logo

शनिबार, जेष्ठ ३० २०८३

kantipurpationlinetv

२०८३ जेष्ठ ३० शनिबार

तारकेश्वर नगरपालिकामा नयाँ वर्ष २०८३ को शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

तारकेश्वर नगरपालिकामा नयाँ वर्ष २०८३ को शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न


  • सोमबार, चैत्र ३० २०८२
  • 2.4K
    SHARES

    काठमाडौं — तारकेश्वर नगरपालिकामा नयाँ वर्ष २०८३ को अवसरमा शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न भएको छ।

    नगरपालिकाको प्रशासकीय भवन, धर्मस्थलीस्थित सभा हलमा चैत ३० गते बिहीबार दिउँसो आयोजित कार्यक्रममा कार्यवाहक नगरप्रमुख सृजना बुर्लाकोटीको सभापतित्व रहेको थियो।

    कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत धर्मराज लम्साल, राजस्व शाखा प्रमुख सागर अर्याल लगायत विभिन्न शाखाका प्रमुखहरू, नगर प्रहरी तथा कर्मचारीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

    सो अवसरमा सहभागीहरूले एकआपसमा नयाँ वर्ष २०८३ को शुभकामना आदान–प्रदान गर्दै आगामी वर्षमा समृद्धि, विकास र सहकार्यलाई अझ सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए।

    कार्यक्रमकै अवसरमा लामो समयदेखि सुरक्षागार्डका रूपमा कार्यरत बेदप्रसाद भण्डारीलाई सम्मानसहित बिदाइ गरिएको थियो।

    कार्यक्रममा कार्यवाहक नगरप्रमुख सृजना बुर्लाकोटीले नयाँ वर्षले सम्पूर्णमा सुख, शान्ति र समृद्धि ल्याओस् भन्ने शुभकामना व्यक्त गर्दै यस्ता कार्यक्रमले कर्मचारीबीच आपसी सम्बन्ध र सहकार्यलाई थप मजबुत बनाउने विश्वास व्यक्त गर्नुभयो।


    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to kantipurpati.com Site By :TriTech

    You cannot copy content of this page