logo

शनिबार, जेष्ठ ३० २०८३

kantipurpationlinetv

२०८३ जेष्ठ ३० शनिबार

काठमाडौं उपत्यकामा आजदेखि रात्रिकालीन बस सेवा

काठमाडौं उपत्यकामा आजदेखि रात्रिकालीन बस सेवा


  • मंगलबार, बैशाख १ २०८३
  • 3.5K
    SHARES

    काठमाडौं उपत्यकामा आज (वैशाख १) देखि रात्रिकालीन बस सेवा सुरु गरिएको छ । साझा यातायातले राति ८ बजेदेखि ११ बजेसम्म दुई रुटमा सेवा सञ्चालन गरेको हो ।

    पूर्व–पश्चिम रुटमा एयरपोर्टदेखि थानकोटसम्म विभिन्न मुख्य स्थानहरू हुँदै बस चल्नेछ भने उत्तर–दक्षिण रुटमा बुढानीलकण्ठदेखि लगनखेलसम्म सेवा उपलब्ध हुनेछ ।

    यसका लागि ७ वटा विद्युतीय बस प्रयोग गरिएको छ । सेवा सञ्चालनमा विभिन्न स्थानीय तहहरूको सहकार्य रहेको छ ।

    यात्रु सुरक्षाका लागि बसमा सीसीटीभी जडान गरी केन्द्रीय रूपमा निगरानी गरिनेछ र नगर प्रहरीको पनि व्यवस्था गरिएको छ । साथै, ‘साझा प्लस’ मोबाइल एपमार्फत बसको अवस्थिति हेर्न सकिनेछ ।

    यो सेवा प्रारम्भिक चरणमा सुरु गरिएको हो र आगामी दिनमा यात्रुको मागअनुसार विस्तार गर्ने योजना रहेको छ ।


    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to kantipurpati.com Site By :TriTech

    You cannot copy content of this page