तनहुँ — नयाँ वर्षको अवसरमा बन्दिपुरमा आन्तरिक तथा बाह्य पर्यटकको उल्लेख्य आगमन भएको छ। बन्दिपुर हिलका सांस्कृतिक संयोजक लक्ष्मी सापकोटाका अनुसार नयाँ वर्षको दिन मात्र करिब २२ सय पर्यटक केबलकारमार्फत बन्दिपुर पुगेका हुन्।
नयाँ वर्ष मनाउन देशका विभिन्न स्थानबाट आएका आन्तरिक पर्यटकका साथै विदेशी पर्यटकहरूको समेत उल्लेख्य उपस्थिति रहेको थियो। पछिल्लो समय केबलकार सेवा सञ्चालनमा आएपछि बन्दिपुर पुग्ने पर्यटकको संख्या बढ्दै गएको देखिएको छ।
पर्यटकको बढ्दो चापसँगै बन्दिपुरका होटल, रेस्टुरेन्ट तथा अन्य पर्यटन व्यवसायहरू भरिभराउ भएका थिए। स्थानीय व्यवसायीहरूले यसले पर्यटन व्यवसायमा उत्साह थपिएको बताएका छन्।
नयाँ वर्षलाई लक्षित गर्दै बन्दिपुरमा विभिन्न सांस्कृतिक कार्यक्रम, सांगीतिक प्रस्तुति तथा मनोरञ्जनात्मक गतिविधिहरू आयोजना गरिएको थियो, जसले पर्यटकलाई थप आकर्षित गरेको स्थानीयले बताएका छन्।
-
सेफ गिरी राज भट्ट: संघर्ष, स्वाद र सफलताको प्रेरणादायी यात्रा
-
चल्याे बतास सरर गोरखाको डांडैमा सार्वजनिक, गोरखाका परशुराम थपलियाको नयाँ लोकदोहोरी गीत चर्चामा
-
झम्के रोधी क्लबको चौथो वार्षिकोत्सव आज सम्पन्न हुँदै
-
चिरायु डेन्ट केयरका सञ्चालक सागर जोशी विशेष सम्मानित
-
लोकदोहोरी व्यवसायी संघद्वारा बसपार्कका ६१ दोहोरी साँझलाई सुरक्षा सामग्री हस्तान्तरण