गोरखा: चुमनुब्री गाउँपालिका सिर्दिबास, गोरखाको आयोजनामा नेतृत्व विकास तथा आधारभूत भाषणकला तालिम सम्पन्न भएको छ। चुमनुब्री गाउँपालिका वडा नं. ७ छेकमपार (लार) मा ५ दिनसम्म संचालन गरिएको तालिम २०८२ साल चैत्र २७ गतेदेखि सुरु भई २०८३ साल बैशाख १ गतेसम्म सञ्चालन भएको थियो, जसमा करिब दुई दर्जन व्यक्तिहरूको सहभागिता रहेको थियो।
तालिममा सहभागीहरूलाई नेतृत्व विकास, आत्मविश्वास अभिवृद्धि, प्रभावकारी रूपमा सार्वजनिक भाषण गर्ने सीप, प्रस्तुतीकरण कला तथा सञ्चार क्षमतासम्बन्धी विविध विषयहरूमा प्रशिक्षण प्रदान गरिएको थियो। व्यवहारिक अभ्यासमार्फत सहभागीहरूले आफ्नो अभिव्यक्ति क्षमता सुधार गर्नुका साथै नेतृत्वदायी भूमिकामा आत्मविश्वासका साथ प्रस्तुत हुन सक्ने क्षमता विकास गरेका थिए।
कार्यक्रममा चुमनुब्री गाउँपालिकाका अध्यक्ष निमा लामा र उपाध्यक्ष लक्ष्मी गुरुङको विशेष उपस्थिति रहेको थियो। अध्यक्ष निमा लामाले तालिमका सहभागीहरूलाई प्रमाणपत्र वितरण गर्दै यस्ता तालिमहरूले स्थानीय स्तरमा सक्षम नेतृत्व विकास गर्न महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। उहाँले सिकेका सीप र ज्ञानलाई व्यवहारमा उतार्दै समुदाय तथा गाउँपालिकाको समग्र विकासमा सक्रिय रूपमा योगदान दिन सहभागीहरूलाई आग्रह गर्नुभयो।
त्यस्तै, उपाध्यक्ष लक्ष्मी गुरुङले पनि सहभागीहरूलाई प्रमाणपत्र हस्तान्तरण गर्दै यस्ता सीपमूलक तालिमहरूले व्यक्तित्व विकाससँगै सामाजिक जिम्मेवारी बोध बढाउने बताउनुभयो। उहाँले युवाहरूलाई आत्मविश्वासी, सक्षम र जिम्मेवार नागरिकका रूपमा अघि बढ्न प्रेरित गर्दै गाउँपालिकाले आगामी दिनमा यस्ता कार्यक्रमहरूलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो।

-
आर्थिक वर्षको पहिलो दिनबाटै एक्सनमा उत्रिए सहिद लखन गाउँपालिका–७ का वडाध्यक्ष शरण श्रेष्ठ, १७ योजना कार्यान्वयनमा
-
‘नोट हजारको’ लिएर आए बसन्त लम्साल र शान्तिश्री परियार
-
बेरुजू आउनु भनेको सबै भ्रष्टाचार होइन : आँबुखैरेनी अध्यक्ष चुमान
-
गोरखाका किरण ढकाल राष्ट्रिय युवा संघ नेपाल गण्डकी प्रदेशको सचिवमा चयन
-
तीजको मौलिक कोसेली ‘नाच्ने आजै हो’ सार्वजनिक, परम्परागत संस्कृतिको सुन्दर चित्रण