logo

शनिबार, जेष्ठ ३० २०८३

kantipurpationlinetv

२०८३ जेष्ठ ३० शनिबार

बिमलनगर यातायात कार्यालयमा १७ हजारभन्दा बढी लाइसेन्स आइपुग्यो, सेवाग्राहीलाई लिन आग्रह

बिमलनगर यातायात कार्यालयमा १७ हजारभन्दा बढी लाइसेन्स आइपुग्यो, सेवाग्राहीलाई लिन आग्रह


  • शुक्रबार, बैशाख ४ २०८३
  • 2.5K
    SHARES

    तनहुँ — यातायात व्यवस्था कार्यालय, तनहुँ (डुम्रे) मा सन् २०२६ जनवरी अन्तिमसम्मका १७ हजार ३०२ वटा सवारी चालक अनुमतिपत्र (लाइसेन्स) आइपुगेको जानकारी दिइएको छ।

    कार्यालयका अनुसार लामो समयदेखि प्रतिक्षामा रहेका सेवाग्राहीका लाइसेन्सहरू छपाई भई कार्यालयमा आइसकेकाले सम्बन्धित व्यक्तिहरूलाई समयमै आएर बुझ्न आग्रह गरिएको छ।

    लाइसेन्स लिन आउँदा सेवाग्राहीले अनिवार्य रूपमा राजस्व तिरेको रसिद तथा पुरानो लाइसेन्स साथमा ल्याउनुपर्ने कार्यालयले जनाएको छ।

    कार्यालय प्रमुख गोपाल वलीले सेवाग्राहीलाई आवश्यक कागजातसहित कार्यालयमा उपस्थित भई आफ्ना लाइसेन्स समयमै बुझ्न अनुरोध गरेका छन्। उनले लाइसेन्स वितरण प्रक्रियालाई छिटो र व्यवस्थित बनाउन कार्यालय प्रतिबद्ध रहेको समेत बताए।

    लाइसेन्ससम्बन्धी थप विवरण तथा जानकारीका लागि कार्यालयको आधिकारिक वेबसाइट https://tmo.dumre.gandaki.gov.np/
    मार्फत जानकारी लिन सकिनेछ।

    कार्यालयले समयमै लाइसेन्स नलिँदा अनावश्यक भीडभाड तथा व्यवस्थापनमा समस्या हुन सक्ने भएकाले सेवाग्राहीलाई ढिलाइ नगर्न आग्रह गरेको छ।


    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to kantipurpati.com Site By :TriTech

    You cannot copy content of this page