गोरखा — आरूघाट गाउँपालिकाले गण्डकी प्रदेशका नवनियुक्त ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्री नन्द प्रसाद न्यौपानेलाई हार्दिक स्वागत एवम् सम्मान गरेको छ।
मन्त्री पद सम्हालेपछि पहिलो पटक आरूघाट पुग्नुभएका मन्त्री न्यौपानेलाई गाउँपालिकाका अध्यक्ष राजु गुरुङले खादा ओढाएर स्वागत गर्नुभएको थियो। यस अवसरमा आयोजित कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष कल्पना नेपाली, प्रमुख प्रशासकीय अधिकृत भिमसेन श्रेष्ठ, वडाअध्यक्षहरू, स्थानीय जनप्रतिनिधि, कर्मचारी तथा विभिन्न सरोकारवालाहरूको उपस्थिति रहेको थियो।
यसै क्रममा भिमदय बहुमुखी क्याम्पस ले मन्त्री न्यौपानेलाई विशेष सम्मान प्रदान गरेको थियो। क्याम्पसका प्रतिनिधिहरूले उहाँको नियुक्तिले क्षेत्रको ऊर्जा, जलस्रोत तथा खानेपानी विकासमा सकारात्मक योगदान पुग्ने विश्वास व्यक्त गरेका थिए। उनी आरूघाट गाउँपालिका मान्बुका हुन्।

-
आर्थिक वर्षको पहिलो दिनबाटै एक्सनमा उत्रिए सहिद लखन गाउँपालिका–७ का वडाध्यक्ष शरण श्रेष्ठ, १७ योजना कार्यान्वयनमा
-
‘नोट हजारको’ लिएर आए बसन्त लम्साल र शान्तिश्री परियार
-
गोरखाका किरण ढकाल राष्ट्रिय युवा संघ नेपाल गण्डकी प्रदेशको सचिवमा चयन
-
तीजको मौलिक कोसेली ‘नाच्ने आजै हो’ सार्वजनिक, परम्परागत संस्कृतिको सुन्दर चित्रण
-
चाँगुनारायणमा स्वास्थ्य संस्था र फार्मेसीको संयुक्त अनुगमन, नियमविपरीत सञ्चालनमा कारबाहीको चेतावनी