गोरखा — गोरखा जिल्लामा उद्योग तथा व्यापार सञ्चालन छाड्नेहरूको संख्या बर्सेनि बढ्दै गएको देखिएको छ। पछिल्लो तीन वर्षको तथ्यांक अनुसार नयाँ उद्योग तथा व्यापार दर्ता गर्नेभन्दा दर्ता खारेज गर्नेको संख्या उच्च रहेको एकीकृत सेवा कार्यालय गोरखाले जनाएको छ।
कार्यालय प्रमुख दशरथ शर्माका अनुसार युवा पलायन र दक्ष जनशक्तिको अभावका कारण सञ्चालनमा रहेका उद्योग तथा व्यापारहरू बन्द हुने क्रम बढेको हो। “युवाहरू विदेशमा रहेका कारण व्यवसायको रेखदेख गर्ने जनशक्ति नहुँदा धेरैले दर्ता खारेजी गर्न आएका छन्,” उनले बताए।
अभिलेख अनुसार दुई वर्षअघि १९८ औद्योगिक र २०७ व्यापारिक फर्म खारेज भएका थिए। गत आर्थिक वर्षमा १९० औद्योगिक र १३३ व्यापारिक फर्म खारेज भएका छन्। चालु आर्थिक वर्षको साउनदेखि चैतसम्म मात्र ९० औद्योगिक र ८१ व्यापारिक फर्म खारेज भइसकेका छन्।
कार्यालयका अनुसार अनुदानका कार्यक्रमका लागि मात्र उद्योग दर्ता गर्ने र उद्देश्य पूरा भएपछि खारेज गर्ने प्रवृत्तिले पनि खारेजी संख्या बढाएको छ। साथै, वैदेशिक रोजगारीबाट आएको रेमिट्यान्समा निर्भरता बढ्दै जाँदा स्थानीय स्तरमै व्यवसाय सञ्चालन गर्ने रुचि घट्दै गएको देखिएको छ।
-
आर्थिक वर्षको पहिलो दिनबाटै एक्सनमा उत्रिए सहिद लखन गाउँपालिका–७ का वडाध्यक्ष शरण श्रेष्ठ, १७ योजना कार्यान्वयनमा
-
‘नोट हजारको’ लिएर आए बसन्त लम्साल र शान्तिश्री परियार
-
गोरखाका किरण ढकाल राष्ट्रिय युवा संघ नेपाल गण्डकी प्रदेशको सचिवमा चयन
-
तीजको मौलिक कोसेली ‘नाच्ने आजै हो’ सार्वजनिक, परम्परागत संस्कृतिको सुन्दर चित्रण
-
चाँगुनारायणमा स्वास्थ्य संस्था र फार्मेसीको संयुक्त अनुगमन, नियमविपरीत सञ्चालनमा कारबाहीको चेतावनी