काठमाडौं — प्रतिनिधिसभाका १० समिति र दुई संयुक्त समितिका नवनिर्वाचित सभापतिहरूले पद तथा गोपनीयताको शपथ लिएका छन्। सिंहदरबारस्थित संघीय संसद् सचिवालयमा आयोजित कार्यक्रममा सभामुख डोलप्रसाद (डिपी) अर्यालसमक्ष उनीहरूले शपथ ग्रहण गरेका हुन्।
शपथ समारोहमा उपसभामुख रुवीकुमारी ठाकुर, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतम, राष्ट्रियसभाका उपाध्यक्ष लीलाकुमारी भण्डारी तथा विभिन्न राजनीतिक दलका संसदीय दलका पदाधिकारीहरूको उपस्थिति रहेको थियो।
नवनिर्वाचित सभापतिहरूमा अर्थ समितिमा डा. कृष्णहरि बुढाथोकी, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा सुम्निमा उदास, उद्योग तथा वाणिज्य तथा श्रम तथा उपभोक्ता हित समितिमा रहवर अन्सारी, कानुन, न्याय तथा मानवअधिकार समितिमा समीक्षा बास्कोटा, राज्य व्यवस्था तथा सुशासन समितिमा हरि ढकाल र सार्वजनिक लेखा समितिमा भरतबहादुर खड्का रहेका छन्।
त्यसैगरी महिला तथा सामाजिक मामिला समितिमा आकृति अवस्थी, पूर्वाधार विकास समितिमा आशिष गजुरेल, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा अशोक चौधरी, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा डा. ओजस्वी शेरचन, संसदीय सुनुवाइ समितिमा बोधनारायण श्रेष्ठ तथा राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्व कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिमा गणेश कार्की निर्वाचित भएका छन्।
शिक्षा र राज्यका निर्देशक सिद्धान्तसम्बन्धी समितिमा दुई–दुई उम्मेदवारबीच प्रतिस्पर्धा भएपछि ध्वनि मतका आधारमा निर्णय गरिएको जनाइएको छ। समितिको बैठकको अध्यक्षता सम्बन्धित समितिका ज्येष्ठ सदस्यले गरेका थिए।
निर्वाचित १२ सभापतिमध्ये ११ जना राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद रहेका छन् भने सार्वजनिक लेखा समितिको सभापतिमा नेपाली कांग्रेसका भरतबहादुर खड्का चयन भएका हुन्। नवनिर्वाचित सभापतिहरूले पदबहालीसमेत गरिसकेका छन्।
-
चल्याे बतास सरर गोरखाको डांडैमा सार्वजनिक, गोरखाका परशुराम थपलियाको नयाँ लोकदोहोरी गीत चर्चामा
-
सेफ गिरी राज भट्ट: संघर्ष, स्वाद र सफलताको प्रेरणादायी यात्रा
-
चिरायु डेन्ट केयरका सञ्चालक सागर जोशी विशेष सम्मानित
-
झम्के रोधी क्लबको चौथो वार्षिकोत्सव आज सम्पन्न हुँदै
-
लोकदोहोरी व्यवसायी संघद्वारा बसपार्कका ६१ दोहोरी साँझलाई सुरक्षा सामग्री हस्तान्तरण