काठमाडौं — काठमाडौं महानगरपालिकाले पशुपति क्षेत्र विकास कोषको जग्गामा अनधिकृत रूपमा बनाइएका संरचनामाथि डोजर चलाएको छ।
महानगरले शुक्रबार गौशाला, तिलगंगा र पशुपति क्षेत्रभित्र कोषको जग्गामा बनेका अनधिकृत संरचना हटाएको हो। सो क्रममा पाँच वटा टहरा भत्काइएको काठमाडौं महानगर प्रहरी बलका प्रमुख विष्णु प्रसाद जोशीले जानकारी दिए।
उनका अनुसार कोषको अनुरोधअनुसार नै अनधिकृत संरचना हटाउने कार्य गरिएको हो। उनले निर्वाचन र आचारसंहिताका कारण केही समय रोकिएको अनुगमन तथा हटाउने कार्य अब तीव्र रूपमा अघि बढाइने बताए।
त्यसैगरी, महानगरभित्र कवाडी व्यवसाय सञ्चालन गर्न नपाइने नीति भएकाले अब कडाइका साथ हटाउने कार्य अघि बढाइने पनि उनले बताए।
-
आर्थिक वर्षको पहिलो दिनबाटै एक्सनमा उत्रिए सहिद लखन गाउँपालिका–७ का वडाध्यक्ष शरण श्रेष्ठ, १७ योजना कार्यान्वयनमा
-
‘नोट हजारको’ लिएर आए बसन्त लम्साल र शान्तिश्री परियार
-
गोरखाका किरण ढकाल राष्ट्रिय युवा संघ नेपाल गण्डकी प्रदेशको सचिवमा चयन
-
तीजको मौलिक कोसेली ‘नाच्ने आजै हो’ सार्वजनिक, परम्परागत संस्कृतिको सुन्दर चित्रण
-
चाँगुनारायणमा स्वास्थ्य संस्था र फार्मेसीको संयुक्त अनुगमन, नियमविपरीत सञ्चालनमा कारबाहीको चेतावनी