गोरखा — जिल्लामा बुधबारदेखि आर्थिक गणना सुरु गरिएको छ । जिल्ला आर्थिक गणना कार्यालय स्थापना गरी गणना थालिएको हो । यो अभियान असार ७ गतेसम्म सञ्चालन हुने जनाइएको छ ।
जिल्लाका ११ वटै स्थानीय तहमा गणनाका लागि ४१ जना गणक र ६ जना सुपरिवेक्षक खटिएका छन् । उनीहरूले सम्बन्धित वडा कार्यालयसँग समन्वय गरेर विवरण संकलन सुरु गरिसकेका छन् ।
जिल्ला तथ्याङ्क अधिकृत लोकप्रसाद ढुङ्गानाका अनुसार बजारका लागि वस्तु तथा सेवा उत्पादन गर्ने क्रियाकलापमा संलग्न प्रतिष्ठानहरूको विवरण संकलन गरिनेछ । नेपाल स्तरीय औद्योगिक वर्गीकरण अन्तर्गत १८ वटा क्षेत्रका तथ्याङ्क संकलन हुने उनले बताए ।
गणनामा कृषि, वन तथा माछापालन (दर्ता भएका), खानी तथा उत्खनन, औद्योगिक उत्पादन, विद्युत तथा ग्यास, पानी आपूर्ति तथा फोहर व्यवस्थापन, थोक तथा खुद्रा व्यापार, यातायात तथा भण्डारण, आवास तथा भोजन सेवा, सूचना तथा सञ्चार, वित्तीय तथा बीमा, घरजग्गा, पेशागत तथा वैज्ञानिक सेवा, प्रशासकीय तथा सहयोगी सेवा, शिक्षा, स्वास्थ्य तथा सामाजिक कार्य, कला तथा मनोरञ्जनलगायत क्षेत्र समेटिएका छन् ।
गणनाको मुख्य उद्देश्य प्रतिष्ठानहरूको आधारभूत विवरण संकलन, विश्लेषण तथा प्रकाशन गर्नु रहेको ढुङ्गानाले बताए । ‘जिल्लामा कति प्रतिष्ठान छन्, तिनले कति रोजगारी सिर्जना गरेका छन् भन्ने विषयमा अध्ययन हुन्छ,’ उनले भने ।
-
आर्थिक वर्षको पहिलो दिनबाटै एक्सनमा उत्रिए सहिद लखन गाउँपालिका–७ का वडाध्यक्ष शरण श्रेष्ठ, १७ योजना कार्यान्वयनमा
-
‘नोट हजारको’ लिएर आए बसन्त लम्साल र शान्तिश्री परियार
-
गोरखाका किरण ढकाल राष्ट्रिय युवा संघ नेपाल गण्डकी प्रदेशको सचिवमा चयन
-
तीजको मौलिक कोसेली ‘नाच्ने आजै हो’ सार्वजनिक, परम्परागत संस्कृतिको सुन्दर चित्रण
-
चाँगुनारायणमा स्वास्थ्य संस्था र फार्मेसीको संयुक्त अनुगमन, नियमविपरीत सञ्चालनमा कारबाहीको चेतावनी