लमजुङ — मर्स्याङ्दी गाउँपालिका, भुलभुलेमा आर्थिक वर्ष २०८२/०८३ को साउनदेखि चैत मसान्तसम्म सञ्चालन भएका विकास निर्माण कार्य तथा सार्वजनिक सेवा प्रवाहबारे सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ।
मर्स्याङ्दी गाउँपालिकाको आयोजनामा र रेडियो मर्स्याङ्दी ९५ मेगाहर्जको सहजीकरणमा सम्पन्न उक्त कार्यक्रम नागरिकहरूको प्रत्यक्ष सहभागिता, सुझाव तथा गुनासो संकलन गर्ने उद्देश्यले आयोजना गरिएको हो।
कार्यक्रम गाउँपालिका अध्यक्ष अर्जुन गुरुङको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा उपाध्यक्ष जुना माया थापा, प्रमुख प्रशासकीय अधिकृत विज्ञान पौडेल, वडाध्यक्षहरू तथा विभिन्न शाखाका प्रमुखहरूको उपस्थिति रहेको थियो।
सार्वजनिक सुनुवाइका क्रममा सरोकारवालाहरू, जनप्रतिनिधि तथा स्थानीय नागरिकहरूले विकास निर्माण कार्य तथा सेवा प्रवाहसम्बन्धी आफ्ना सुझाव तथा गुनासोहरू प्रस्तुत गरेका थिए। सहभागीहरूले उठाएका सुझावहरूले आगामी योजना तथा सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउन महत्वपूर्ण सहयोग पुग्ने अपेक्षा गरिएको छ।
साथै गाउँपालिकाले हालसम्म सम्पन्न गरेका योजनाहरूको समीक्षा गर्दै नागरिकका धारणा समेत संकलन गरिएको थियो। कार्यक्रम सफल बनाउन सहयोग गर्ने सम्पूर्णप्रति आयोजकले आभार व्यक्त गरेको छ।
उक्त कार्यक्रम २०८३ वैशाख ४ गते मर्स्याङ्दी गाउँपालिका–५, घेर्मु सामुदायिक भवन, लमजुङमा सम्पन्न भएको हो।
-
आर्थिक वर्षको पहिलो दिनबाटै एक्सनमा उत्रिए सहिद लखन गाउँपालिका–७ का वडाध्यक्ष शरण श्रेष्ठ, १७ योजना कार्यान्वयनमा
-
‘नोट हजारको’ लिएर आए बसन्त लम्साल र शान्तिश्री परियार
-
गोरखाका किरण ढकाल राष्ट्रिय युवा संघ नेपाल गण्डकी प्रदेशको सचिवमा चयन
-
तीजको मौलिक कोसेली ‘नाच्ने आजै हो’ सार्वजनिक, परम्परागत संस्कृतिको सुन्दर चित्रण
-
चाँगुनारायणमा स्वास्थ्य संस्था र फार्मेसीको संयुक्त अनुगमन, नियमविपरीत सञ्चालनमा कारबाहीको चेतावनी