गोरखा — उत्तरी गोरखाको चुमनुब्री गाउँपालिकाका अध्यक्ष निमा लामाले अर्थमन्त्री स्वर्णिम वाग्लेसँग भेट गरी गाउँपालिकाको समग्र विकासका लागि विभिन्न महत्वपूर्ण योजनाहरू सहित बजेट माग गरेका छन् ।
अर्थ मन्त्रालय, सिंहदरबारमा सम्पन्न भेटवार्ताका क्रममा अध्यक्ष लामाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि केन्द्रिय स्तरका योजनाहरू समेटिएको ज्ञापनपत्र पेश गर्दै ती योजनाहरूलाई प्राथमिकताका साथ बजेटमा समावेश गर्न अनुरोध गरेका थिए। सो अवसरमा अर्थमन्त्री वाग्लेले प्रस्तुत मागहरूप्रति सकारात्मक र संवेदनशील रहेको प्रतिक्रिया जनाउँदै आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
ज्ञापनपत्रमार्फत अध्यक्ष लामाले विशेषगरी तीन प्रमुख योजनाहरू अघि सारेका छन्।
पहिलो, सिर्दिबास–चुम्तेत हुँदै छेकम्पार ङुईला भञ्ज्याङसम्मको मोटरबाटो निर्माण कार्यलाई नेपाली सेनामार्फत प्राथमिकताका साथ अगाडि बढाउनुपर्ने माग गरिएको छ।
दोस्रो, राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको बेनीघाट–रुइला भञ्ज्याङ मोटरबाटोलाई निरन्तरता दिँदै क्रमागत बजेट सुनिश्चित गर्नुपर्ने आवश्यकता औंल्याइएको छ।
तेस्रो, गाउँपालिका केन्द्र जोड्नका लागि बुढीगण्डकी नदीमा मोटरेबल पुल निर्माण गर्न आवश्यक बजेट व्यवस्था गर्नुपर्ने महत्वपूर्ण माग राखिएको छ।
अध्यक्ष लामाले दुर्गम भौगोलिक अवस्थाका कारण चुमनुब्री गाउँपालिका मा पूर्वाधार विकास अत्यन्तै आवश्यक रहेको उल्लेख गर्दै यी योजनाहरू कार्यान्वयन भएमा स्थानीय जनजीवनमा उल्लेखनीय सुधार आउने विश्वास व्यक्त गरेका छन्।
-
आर्थिक वर्षको पहिलो दिनबाटै एक्सनमा उत्रिए सहिद लखन गाउँपालिका–७ का वडाध्यक्ष शरण श्रेष्ठ, १७ योजना कार्यान्वयनमा
-
‘नोट हजारको’ लिएर आए बसन्त लम्साल र शान्तिश्री परियार
-
गोरखाका किरण ढकाल राष्ट्रिय युवा संघ नेपाल गण्डकी प्रदेशको सचिवमा चयन
-
तीजको मौलिक कोसेली ‘नाच्ने आजै हो’ सार्वजनिक, परम्परागत संस्कृतिको सुन्दर चित्रण
-
चाँगुनारायणमा स्वास्थ्य संस्था र फार्मेसीको संयुक्त अनुगमन, नियमविपरीत सञ्चालनमा कारबाहीको चेतावनी