गोरखा — नेपाल विद्युत प्राधिकरण गोरखा वितरण केन्द्रले दुई दिनका लागि विद्युत सेवा अवरुद्ध हुने सूचना जारी गरेको छ।
वितरण केन्द्रका अनुसार पालुङटार सबस्टेशनबाट वितरित राधाकृष्ण फिडरअन्तर्गत च्याङ्ली, गाँईखुर र सेरा क्षेत्रमा मिति २०८३ वैशाख ५ र ६ गते बिहान १० बजेदेखि साँझ ५ बजेसम्म विद्युत आपूर्ति बन्द रहनेछ।
लाइन आसपासका रुखका हाँगा काट्ने तथा मर्मत/सुधार कार्य गर्नुपर्ने भएकाले उक्त अवधिभर विद्युत सेवा अवरुद्ध गर्न लागिएको हो।
वितरण केन्द्रले तोकिएको समयभन्दा अगावै काम सम्पन्न भएमा विद्युत सेवा पुनः सुचारु गरिने जनाएको छ। त्यस्तै, मौसम प्रतिकूल भई काम गर्न नसकिएमा विद्युत सेवा अवरुद्ध नहुने पनि सूचनामा उल्लेख छ।
यसबाट उपभोक्तामा पर्न जाने असुविधाप्रति वितरण केन्द्रले क्षमायाचना गरेको छ।
-
आर्थिक वर्षको पहिलो दिनबाटै एक्सनमा उत्रिए सहिद लखन गाउँपालिका–७ का वडाध्यक्ष शरण श्रेष्ठ, १७ योजना कार्यान्वयनमा
-
‘नोट हजारको’ लिएर आए बसन्त लम्साल र शान्तिश्री परियार
-
गोरखाका किरण ढकाल राष्ट्रिय युवा संघ नेपाल गण्डकी प्रदेशको सचिवमा चयन
-
तीजको मौलिक कोसेली ‘नाच्ने आजै हो’ सार्वजनिक, परम्परागत संस्कृतिको सुन्दर चित्रण
-
चाँगुनारायणमा स्वास्थ्य संस्था र फार्मेसीको संयुक्त अनुगमन, नियमविपरीत सञ्चालनमा कारबाहीको चेतावनी