काठमाडौंमा आज विश्व सम्पदा दिवस विभिन्न कार्यक्रमका साथ मनाइँदैछ। सम्पदाको संरक्षणप्रति जनचेतना फैलाउने उद्देश्यले हरेक वर्ष अप्रिल १८ मा यो दिवस मनाइन्छ, जसको सुरुवात सन् १९८३ देखि युनेस्कोले गरेको हो।
यस अवसरमा राजधानीमा सम्पदा पदयात्रा आयोजना गरिएको छ। वाग्मती प्रदेश सरकारअन्तर्गत संस्कृति तथा पर्यटन मन्त्रालयको पर्यटन कार्यालयले गहनापोखरीदेखि भाटभटेनी मन्दिरसम्म पदयात्रा गर्ने जनाएको छ। पदयात्रापछि हाँडीगाउँ क्षेत्रको सांस्कृतिक महत्वबारे अन्तरक्रिया कार्यक्रम पनि हुने छ।
कार्यक्रममा वाग्मती प्रदेशका संस्कृति तथा पर्यटन मन्त्री सुरेश श्रेष्ठको सहभागिता रहनेछ।
नेपालमा काठमाडौं उपत्यकाका दरबार क्षेत्रहरू, चाँगुनारायण, पशुपतिनाथ, बौद्ध, स्वयम्भू, साथै लुम्बिनी, चितवन राष्ट्रिय निकुञ्ज र सगरमाथा राष्ट्रिय निकुञ्ज विश्व सम्पदा सूचीमा सूचीकृत छन्।
-
आर्थिक वर्षको पहिलो दिनबाटै एक्सनमा उत्रिए सहिद लखन गाउँपालिका–७ का वडाध्यक्ष शरण श्रेष्ठ, १७ योजना कार्यान्वयनमा
-
‘नोट हजारको’ लिएर आए बसन्त लम्साल र शान्तिश्री परियार
-
गोरखाका किरण ढकाल राष्ट्रिय युवा संघ नेपाल गण्डकी प्रदेशको सचिवमा चयन
-
तीजको मौलिक कोसेली ‘नाच्ने आजै हो’ सार्वजनिक, परम्परागत संस्कृतिको सुन्दर चित्रण
-
चाँगुनारायणमा स्वास्थ्य संस्था र फार्मेसीको संयुक्त अनुगमन, नियमविपरीत सञ्चालनमा कारबाहीको चेतावनी