काठमाडौं: काठमाडौं महानगरपालिकाले आफ्नो क्षेत्राधिकारभित्रका सहकारी संस्थाहरूलाई सहकारी ऐन विपरीतका कार्य नगर्न कडा निर्देशन दिएको छ। पछिल्ला दिनमा बचतकर्ताको रकम असुरक्षित भएको गुनासो बढेपछि महानगरले नियमन कडाइ गरेको हो।
महानगरको सहकारी विभागले सूचना जारी गर्दै नियम उल्लंघन गर्ने संस्थामाथि कारबाही हुने चेतावनी दिएको छ। दर्ता नभएका संस्था सञ्चालन नगर्न, सदस्यको बचत निजी वा व्यवसायिक प्रयोजनमा प्रयोग नगर्न, बिना धितो कर्जा नदिन तथा सीमा भन्दा बढी ऋण नदिन स्पष्ट निर्देशन दिइएको छ।
त्यस्तै, सहकारीका सदस्य वा कर्मचारीले संस्थाको सम्पत्ति दुरुपयोग गर्ने, नातेदारलाई असुल नहुने ऋण दिने वा झूटा विवरण पेश गरेर ऋण लिने जस्ता कार्य गरेमा कानुनी कारबाही हुने महानगरले जनाएको छ।
-
आर्थिक वर्षको पहिलो दिनबाटै एक्सनमा उत्रिए सहिद लखन गाउँपालिका–७ का वडाध्यक्ष शरण श्रेष्ठ, १७ योजना कार्यान्वयनमा
-
‘नोट हजारको’ लिएर आए बसन्त लम्साल र शान्तिश्री परियार
-
गोरखाका किरण ढकाल राष्ट्रिय युवा संघ नेपाल गण्डकी प्रदेशको सचिवमा चयन
-
तीजको मौलिक कोसेली ‘नाच्ने आजै हो’ सार्वजनिक, परम्परागत संस्कृतिको सुन्दर चित्रण
-
चाँगुनारायणमा स्वास्थ्य संस्था र फार्मेसीको संयुक्त अनुगमन, नियमविपरीत सञ्चालनमा कारबाहीको चेतावनी