वीरगञ्ज: सडक डिभिजन कार्यालय हेटौँडाले आज बिहानदेखि वीरगञ्ज महानगरपालिका अन्तर्गत त्रिभुवन राजपथको गण्डक चोकदेखि मितेरीपुलसम्म सडक अतिक्रमण गरेर निर्माण गरिएका घरटहरा भत्काउन सुरु गरेको छ।
कार्यालयका अनुसार सडकको बीच भागबाट दायाँ–बायाँ २५–२५ मिटर क्षेत्र खाली गराई सडक विस्तार गर्ने योजनाअनुसार करिब एक दर्जन एक्जाभेटर प्रयोग गरी करिब १,२०० घरटहरा हटाउने कार्य अघि बढाइएको हो। यो अभियान सर्वोच्च अदालतको फैसला र संघीय सरकारको निर्देशनअनुसार गरिएको बताइएको छ।
इन्जिनियर भोला साहका अनुसार अतिक्रमित संरचना हटाउन पटक–पटक सूचना जारी गरिए पनि अटेर भएपछि बल प्रयोग गरेर हटाउन थालिएको हो। स्थानीय बासिन्दा तथा व्यवसायीहरूले भने १२ घण्टाभन्दा कम समयको सूचना दिइएकाले तयारी गर्न नपाएको गुनासो गरेका छन्।
नगर प्रहरी प्रमुख हरि भुसालका अनुसार नेपाल प्रहरी, सशस्त्र प्रहरी र नगर प्रहरीको सुरक्षा घेराभित्र भत्काउने काम भइरहेको छ। जिल्ला प्रशासन कार्यालयले शनिबार साँझ ४:३० बजेसम्म संरचना हटाउन निर्देशन दिएको थियो।
भत्काउने कार्यका कारण बिहानदेखि दिउँसोसम्म उक्त क्षेत्रमा विद्युत् र इन्टरनेट सेवा समेत अवरुद्ध भएको छ।
-
आर्थिक वर्षको पहिलो दिनबाटै एक्सनमा उत्रिए सहिद लखन गाउँपालिका–७ का वडाध्यक्ष शरण श्रेष्ठ, १७ योजना कार्यान्वयनमा
-
‘नोट हजारको’ लिएर आए बसन्त लम्साल र शान्तिश्री परियार
-
गोरखाका किरण ढकाल राष्ट्रिय युवा संघ नेपाल गण्डकी प्रदेशको सचिवमा चयन
-
तीजको मौलिक कोसेली ‘नाच्ने आजै हो’ सार्वजनिक, परम्परागत संस्कृतिको सुन्दर चित्रण
-
चाँगुनारायणमा स्वास्थ्य संस्था र फार्मेसीको संयुक्त अनुगमन, नियमविपरीत सञ्चालनमा कारबाहीको चेतावनी