गोरखा — आइतबार साँझ आएको असिना, पानीसहितको हावाहुरीले गोरखाको पालुङटार नगरपालिका क्षेत्रमा ठूलो क्षति पुर्याएको छ।
हावाहुरीका कारण पालुङटार–९ धुँवाकोट, मिरकोट र पौवाटारलगायत क्षेत्रका दर्जनभन्दा बढी घर तथा गोठका छाना उडाएको प्रहरीले जनाएको छ।
त्यसैगरी पालुङटार–९ स्थित त्रिवेणी माध्यमिक विद्यालयको प्रशासनिक भवनको छाना पनि हावाहुरीले उडाउँदा कम्प्युटरलगायत सामग्रीमा क्षति पुगेको शिक्षक भुवन सेडाइँले जानकारी दिए।
हावाहुरीपछि विद्यालय क्षेत्रसहित आसपासका स्थानमा क्षतिको यकिन विवरण संकलन भइरहेको छ। साथै, रुख ढल्दा गोरेटो बाटो अवरुद्ध भई आवतजावतमा समेत समस्या भएको स्थानीयले बताएका छन्।
छाना उड्दा घरभित्र राखिएको अन्नपात समेत भिजेर थप क्षति भएको स्थानीयको भनाइ छ।
-
आर्थिक वर्षको पहिलो दिनबाटै एक्सनमा उत्रिए सहिद लखन गाउँपालिका–७ का वडाध्यक्ष शरण श्रेष्ठ, १७ योजना कार्यान्वयनमा
-
‘नोट हजारको’ लिएर आए बसन्त लम्साल र शान्तिश्री परियार
-
गोरखाका किरण ढकाल राष्ट्रिय युवा संघ नेपाल गण्डकी प्रदेशको सचिवमा चयन
-
तीजको मौलिक कोसेली ‘नाच्ने आजै हो’ सार्वजनिक, परम्परागत संस्कृतिको सुन्दर चित्रण
-
चाँगुनारायणमा स्वास्थ्य संस्था र फार्मेसीको संयुक्त अनुगमन, नियमविपरीत सञ्चालनमा कारबाहीको चेतावनी