लमजुङ — मर्स्याङ्दी गाउँपालिकाको आर्थिक वर्ष २०८२/०८३ को स्वीकृत वार्षिक बजेट तथा कार्यक्रम अन्तर्गत गाउँपालिका स्तरीय जेष्ठ नागरिक सञ्जालद्वारा आयोजित पवित्र धार्मिक स्थलहरूको भ्रमण कार्यक्रम आजदेखि औपचारिक रूपमा शुभारम्भ भएको छ।
कार्यक्रमको उद्घाटन अवसरमा गाउँपालिका अध्यक्ष अर्जुन गुरूङले साम्बा चोकबाट यात्रामा प्रस्थान गर्नुअघि सहभागी जेष्ठ नागरिक बुबा–आमाहरूलाई खादा अर्पण गरी सम्मान व्यक्त गर्नुभयो। उहाँले चार दिने धार्मिक यात्रा सफल, सुरक्षित तथा सुखद रहोस् भन्ने शुभकामना व्यक्त गर्दै यस्ता कार्यक्रमले जेष्ठ नागरिकहरूमा आध्यात्मिक ऊर्जा र मानसिक सन्तुष्टि प्रदान गर्ने विश्वास व्यक्त गर्नुभयो।
वैशाख ७ गतेदेखि १० गतेसम्म सञ्चालन हुने उक्त भ्रमण कार्यक्रम अन्तर्गत प्रसिद्ध धार्मिक स्थल मुक्तिनाथ मन्दिर लगायत अन्य महत्वपूर्ण तीर्थस्थलहरूको अवलोकन गरिनेछ। कार्यक्रममा गाउँपालिकाभित्रका विभिन्न वडाबाट जेष्ठ नागरिकहरूको उत्साहजनक सहभागिता रहेको जनाइएको छ।
गाउँपालिकाले जेष्ठ नागरिकहरूलाई समाजका अमूल्य धरोहरका रूपमा सम्मान गर्दै उहाँहरूको हेरचाह, सेवा र सम्मानलाई प्राथमिकतामा राख्दै आएको छ। यस प्रकारका कार्यक्रमहरूले जेष्ठ नागरिकहरूको जीवनमा सकारात्मक ऊर्जा, आत्मिक शान्ति तथा सामाजिक सद्भाव अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ।
गाउँपालिकाले सम्पूर्ण सहभागी जेष्ठ नागरिकहरूको यात्रा सफल, सुरक्षित, रमणीय तथा जीवनभर स्मरणीय रहोस् भन्ने हार्दिक शुभकामना व्यक्त गरेको छ।

-
आर्थिक वर्षको पहिलो दिनबाटै एक्सनमा उत्रिए सहिद लखन गाउँपालिका–७ का वडाध्यक्ष शरण श्रेष्ठ, १७ योजना कार्यान्वयनमा
-
‘नोट हजारको’ लिएर आए बसन्त लम्साल र शान्तिश्री परियार
-
गोरखाका किरण ढकाल राष्ट्रिय युवा संघ नेपाल गण्डकी प्रदेशको सचिवमा चयन
-
तीजको मौलिक कोसेली ‘नाच्ने आजै हो’ सार्वजनिक, परम्परागत संस्कृतिको सुन्दर चित्रण
-
चाँगुनारायणमा स्वास्थ्य संस्था र फार्मेसीको संयुक्त अनुगमन, नियमविपरीत सञ्चालनमा कारबाहीको चेतावनी