गोरखा: पालुङटार नगरपालिका–स्तरीय “मेयर कप फुटबल प्रतियोगिता” को उपाधि वडा नम्बर ७ ले जितेको छ। सोमबार सम्पन्न फाइनल खेलमा वडा नम्बर ४ लाई २–१ गोलअन्तरले पराजित गर्दै वडा नम्बर ७ विजेता बनेको हो।
विजेता टोलीले नगद रु. ६०,००० सहित ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गरेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेरबहादुर बिसीले जानकारी दिनुभयो। उपविजेता वडा नम्बर ४ ले नगद रु. ४०,००० सहित ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गरेको पनि उहाँले बताउनुभयो।
प्रतियोगितामा विजेता टोलीका सञ्जय श्रेष्ठ सर्वाधिक गोलकर्ता घोषित भए। उपविजेता टोलीका निखिल सुनार उत्कृष्ट खेलाडी तथा नबिन सुनार उत्कृष्ट डिफेन्डर घोषित भएका छन्। यसैगरी, वडा नम्बर १ का सुदिप श्रेष्ठ उत्कृष्ट गोलरक्षक घोषित भएका छन्। उत्कृष्ट खेलाडीहरूलाई जनही रु. १०,००० का दरले नगद पुरस्कार प्रदान गरिएको छ।
वैशाख ४ गतेदेखि सुरु भएको उक्त प्रतियोगितामा नगरपालिकाका ९ वटा वडाको सहभागिता रहेको थियो। प्रतिकूल मौसमका कारण आइतबारका लागि तय गरिएको फाइनल खेल स्थगित भई सोमबार सम्पन्न गरिएको हो।
समापन समारोह नगरपालिकाका मेयर विवश चिन्तनको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा उपमेयर बन्दना पाण्डे, प्रमुख प्रशासकीय अधिकृत शेरबहादुर बिसी लगायत विभिन्न पदाधिकारीहरूको उपस्थिति रहेको थियो। प्रतियोगिताका विजेता टोली तथा उत्कृष्ट खेलाडीहरूलाई सोही अवसरमा पुरस्कार वितरण गरिएको थियो।
-
आर्थिक वर्षको पहिलो दिनबाटै एक्सनमा उत्रिए सहिद लखन गाउँपालिका–७ का वडाध्यक्ष शरण श्रेष्ठ, १७ योजना कार्यान्वयनमा
-
‘नोट हजारको’ लिएर आए बसन्त लम्साल र शान्तिश्री परियार
-
गोरखाका किरण ढकाल राष्ट्रिय युवा संघ नेपाल गण्डकी प्रदेशको सचिवमा चयन
-
तीजको मौलिक कोसेली ‘नाच्ने आजै हो’ सार्वजनिक, परम्परागत संस्कृतिको सुन्दर चित्रण
-
चाँगुनारायणमा स्वास्थ्य संस्था र फार्मेसीको संयुक्त अनुगमन, नियमविपरीत सञ्चालनमा कारबाहीको चेतावनी