काठमाडौं । मन्त्री पदबाट १४ दिनमै बर्खास्त गरिएका पूर्वश्रममन्त्री दिपक शाहले सामाजिक सञ्जालमार्फत एक शब्द “स्पष्टीकरण…” लेख्दै आफ्नो असन्तुष्टि प्रकट गरेका छन्। उक्त स्टाटसलाई प्रधानमन्त्री बालेन्द्र शाहप्रतिको संकेतका रूपमा व्याख्या गरिएको छ।
श्रममन्त्री रहेका बेला आफ्नै पहुँच प्रयोग गरी श्रीमतीलाई स्वास्थ्य बीमा बोर्डमा नियुक्त गराएको आरोप लागेपछि साहलाई प्रधानमन्त्री शाहले पदमुक्त गरेका थिए। मन्त्री बनेको छोटो अवधिमै पद गुमाएका साहले त्यस समयमा आफूलाई स्पष्टीकरण दिने अवसरसमेत नदिइएको गुनासो सार्वजनिक रूपमा व्यक्त गरेका थिए। आरोप उठ्नासाथ कुनै औपचारिक सोधपुछ नगरी पदबाट हटाइएको उनको भनाइ थियो।
यसैबीच हाल गृहमन्त्री सुधन गुरुङ पनि विवादमा तानिएका छन्। सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ परेका व्यवसायी दीपक भट्टसँग उनको साझेदारी रहेको तथ्य सार्वजनिक भएपछि गृहमन्त्रीमाथि प्रश्न उठिरहेका छन्। सामाजिक सञ्जालमा उनको सम्पत्तिको स्रोत तथा भट्टसँगको सम्बन्धबारे व्यापक चर्चा भइरहेको छ।
तर, यस प्रकरणमा प्रधानमन्त्री शाहले तत्काल कुनै कठोर निर्णय लिने संकेत भने देखाएका छैनन्। गृहमन्त्रीलाई लिखित स्पष्टीकरण सोधिएको चर्चा भए पनि यसको आधिकारिक पुष्टि हुन सकेको छैन।
यही सन्दर्भमा पूर्वमन्त्री साहले लेखेको “स्पष्टीकरण…” भन्ने स्टाटसलाई अर्थपूर्ण रूपमा हेरिएको छ। आफूलाई स्पष्टीकरणको अवसर नदिइएको तर हाल गृहमन्त्रीप्रति फरक व्यवहार भइरहेको संकेत उनले दिन खोजेको विश्लेषण गरिएको छ।
-
आर्थिक वर्षको पहिलो दिनबाटै एक्सनमा उत्रिए सहिद लखन गाउँपालिका–७ का वडाध्यक्ष शरण श्रेष्ठ, १७ योजना कार्यान्वयनमा
-
‘नोट हजारको’ लिएर आए बसन्त लम्साल र शान्तिश्री परियार
-
गोरखाका किरण ढकाल राष्ट्रिय युवा संघ नेपाल गण्डकी प्रदेशको सचिवमा चयन
-
तीजको मौलिक कोसेली ‘नाच्ने आजै हो’ सार्वजनिक, परम्परागत संस्कृतिको सुन्दर चित्रण
-
चाँगुनारायणमा स्वास्थ्य संस्था र फार्मेसीको संयुक्त अनुगमन, नियमविपरीत सञ्चालनमा कारबाहीको चेतावनी