गोरखा — गोरखाको चुमनुब्री गाउँपालिका–५, विहिस्थित रानागाउँ क्षेत्रमा पदमार्ग स्तरोन्नति कार्यका कारण खच्चड आवतजावतमा अस्थायी रोक लगाइएको छ। स्थानीय तहले सार्वजनिक सूचना जारी गर्दै निर्धारित अवधिमा उक्त मार्ग प्रयोग नगर्न आग्रह गरेको हो।
चालु आर्थिक वर्षको वार्षिक स्वीकृत कार्यक्रम अन्तर्गत फिलिम–लार्केपास पदमार्ग स्तरोन्नति गर्ने कार्य भइरहेको जनाइएको छ। सोही क्रममा पदमार्गमा ढलान गर्ने, रेलिङ जडान गर्ने लगायतका निर्माण कार्य सञ्चालनमा रहेकाले खच्चड आवतजावतमा रोक लगाइएको हो।
सूचनाअनुसार वि.सं. २०८३ वैशाख ८ गतेदेखि १२ गतेसम्म पाँच दिनका लागि रानागाउँको उक्त पदमार्गबाट खच्चड आवतजावत पूर्ण रूपमा बन्द गरिएको छ।
चुमनुब्री गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मनोज लामिछाने ले निर्माण कार्यलाई सुरक्षित र प्रभावकारी रूपमा सम्पन्न गर्न अस्थायी रूपमा आवतजावत रोक्नुपरेको बताएका छन्। उनका अनुसार स्तरोन्नति कार्य सम्पन्न भएपछि उक्त पदमार्ग थप सुरक्षित र सहज हुने अपेक्षा गरिएको छ।
स्थानीय तहले निर्माण कार्यमा सहयोग पुर्याउन सरोकारवालासँग अपिल गर्दै खच्चड चालक तथा स्थानीय बासिन्दालाई तोकिएको अवधिमा वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध गरेको छ।

-
आर्थिक वर्षको पहिलो दिनबाटै एक्सनमा उत्रिए सहिद लखन गाउँपालिका–७ का वडाध्यक्ष शरण श्रेष्ठ, १७ योजना कार्यान्वयनमा
-
‘नोट हजारको’ लिएर आए बसन्त लम्साल र शान्तिश्री परियार
-
गोरखाका किरण ढकाल राष्ट्रिय युवा संघ नेपाल गण्डकी प्रदेशको सचिवमा चयन
-
तीजको मौलिक कोसेली ‘नाच्ने आजै हो’ सार्वजनिक, परम्परागत संस्कृतिको सुन्दर चित्रण
-
चाँगुनारायणमा स्वास्थ्य संस्था र फार्मेसीको संयुक्त अनुगमन, नियमविपरीत सञ्चालनमा कारबाहीको चेतावनी