काठमाडौं — उद्योगी तथा व्यवसायी शेखर गोल्छा पक्राउ परेका छन्। उनलाई ‘धितोपत्र सम्बन्धी ऐन, २०६३’ अन्तर्गतको कसूरमा पक्राउ गरिएको प्रहरीले जनाएको छ।
नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्युरोका अनुसार गोल्छालाई काठमाडौंबाट पक्राउ गरिएको हो। उनलाई पक्राउ गर्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको थियो।
सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानको क्रममा हिरासतमा रहेका विवादित व्यवसायी दीपक भट्टसँगको व्यावसायिक सम्बन्धका आधारमा गोल्छामाथि अनुसन्धान अघि बढाइएको जनाइएको छ।
नेपाल धितोपत्र बोर्डले सार्वजनिक गरेको अध्ययन प्रतिवेदनमा भट्ट र गोल्छाबीच आर्थिक कारोबार सम्बन्ध रहेको उल्लेख गरिएको छ। उक्त प्रतिवेदनअनुसार गोल्छाले भट्टको कारोबारमा रकम भुक्तानीमा सहयोग गरेको देखिएको र उनलाई समेत अनुसन्धानको दायरामा राखिएको जनाइएको छ।
गोल्छाले केही समयअघि हिमालयन रिइन्स्योरेन्सको अध्यक्ष पदबाट राजीनामा दिएका थिए। उक्त कम्पनीमा गोल्छा र भट्ट साझेदार रहेको उल्लेख गरिएको छ।
गोल्छा नेपाल उद्योग वाणिज्य महासंघ का पूर्वअध्यक्षसमेत हुन्। प्रहरीले घटनासम्बन्धी थप अनुसन्धान भइरहेको जनाएको छ।

-
आर्थिक वर्षको पहिलो दिनबाटै एक्सनमा उत्रिए सहिद लखन गाउँपालिका–७ का वडाध्यक्ष शरण श्रेष्ठ, १७ योजना कार्यान्वयनमा
-
‘नोट हजारको’ लिएर आए बसन्त लम्साल र शान्तिश्री परियार
-
बेरुजू आउनु भनेको सबै भ्रष्टाचार होइन : आँबुखैरेनी अध्यक्ष चुमान
-
गोरखाका किरण ढकाल राष्ट्रिय युवा संघ नेपाल गण्डकी प्रदेशको सचिवमा चयन
-
तीजको मौलिक कोसेली ‘नाच्ने आजै हो’ सार्वजनिक, परम्परागत संस्कृतिको सुन्दर चित्रण