बागलुङ — बागलुङको ढोरपाटनलाई हाई अल्टिच्युड ट्रेनिङ सेन्टरका रूपमा विकास गर्ने सम्भावना रहेको गण्डकी प्रदेशकी उद्योग तथा पर्यटन मन्त्री यशोदा रिमालले बताएकी छन्।
ढोरपाटनमा सुरु भएको हाई अल्टिच्युड हाप्किडो प्रशिक्षण तथा प्रतियोगिताको उद्घाटन गर्दै मन्त्री रिमालले भौगोलिक अवस्था, उच्च भू–भाग र प्राकृतिक वातावरणका कारण उक्त क्षेत्र खेलकुद प्रशिक्षणका लागि उपयुक्त रहेको उल्लेख गरिन्। उनले खेलकुद र पर्यटनलाई सँगसँगै अघि बढाउन यस्ता सम्भावनालाई योजनाबद्ध रूपमा विकास गर्नुपर्नेमा जोड दिइन्।
नेपाल हाप्किडो सङ्घ को स्वीकृतिमा गण्डकी प्रदेश हाप्किडो सङ्घ ले आयोजना गरेको उक्त कार्यक्रममा सातै प्रदेशबाट प्रशिक्षक तथा खेलाडीहरूको सहभागिता रहेको छ।
मन्त्री रिमालले ढोरपाटन क्षेत्रलाई खेल पर्यटनको गन्तव्यका रूपमा विकास गर्न सकिने बताउँदै यस्ता गतिविधिले स्थानीय अर्थतन्त्रमा समेत सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरिन्।
कार्यक्रममा नेपाल हाप्किडो सङ्घ का अध्यक्ष काली बहादुर घर्ती मगर लगायतले हाप्किडो खेलको विस्तार र अन्तर्राष्ट्रिय पहिचानमा यस्ता प्रशिक्षण तथा प्रतियोगिताले योगदान पुर्याउने धारणा राखेका थिए।
-
आर्थिक वर्षको पहिलो दिनबाटै एक्सनमा उत्रिए सहिद लखन गाउँपालिका–७ का वडाध्यक्ष शरण श्रेष्ठ, १७ योजना कार्यान्वयनमा
-
‘नोट हजारको’ लिएर आए बसन्त लम्साल र शान्तिश्री परियार
-
बेरुजू आउनु भनेको सबै भ्रष्टाचार होइन : आँबुखैरेनी अध्यक्ष चुमान
-
गोरखाका किरण ढकाल राष्ट्रिय युवा संघ नेपाल गण्डकी प्रदेशको सचिवमा चयन
-
तीजको मौलिक कोसेली ‘नाच्ने आजै हो’ सार्वजनिक, परम्परागत संस्कृतिको सुन्दर चित्रण