logo

शनिबार, जेष्ठ ३० २०८३

kantipurpationlinetv

२०८३ जेष्ठ ३० शनिबार

धार्चे गाउँपालिकाद्वारा बेरोजगार युवालाई सीपमूलक तालिम प्रदान गरिने

धार्चे गाउँपालिकाद्वारा बेरोजगार युवालाई सीपमूलक तालिम प्रदान गरिने


  • शुक्रबार, बैशाख ११ २०८३
  • 2.5K
    SHARES

    गोरखा — गोरखाको धार्चे गाउँपालिकाले बेरोजगार युवाहरूलाई लक्षित गर्दै सीपमूलक तालिम सञ्चालन गर्ने भएको छ। गाउँपालिकाले युवा रोजगार कार्यक्रम अन्तर्गत ३६ जना युवालाई विभिन्न प्राविधिक तालिम प्रदान गर्न लागिएको जनाएको छ।

    गाउँपालिकाका जिन्सी शाखा प्रमुख विजय कुमार श्रेष्ठका अनुसार बैक लोडर र स्काभेटर सञ्चालनसम्बन्धी तालिमका लागि ३० जना छनोट गरिएको छ। त्यसैगरी ५ जनालाई वेल्डिङ र १ जनालाई ड्रिलिङ सम्बन्धी तालिमका लागि चयन गरिएको उनले जानकारी दिए।

    उनका अनुसार सूचना जारी गरी आवेदन संकलनपछि योग्य युवाहरूको छनोट गरिएको हो। “छनोट भएका युवाहरूलाई तालिमका लागि वैशाख १५ गतेदेखि जनकपुर पठाउने तयारी गरिएको छ,” उनले भने।

    तालिमको अवधि १५ दिन रहनेछ भने सहभागीहरूको आवासीय खर्च गाउँपालिकाले व्यहोर्ने जनाएको छ। गाउँपालिकाले युवाहरूलाई आवश्यक सीप प्रदान गरी गाउँमै रोजगारीको अवसर सिर्जना गर्ने उद्देश्यसहित कार्यक्रम सञ्चालन गर्न लागेको जनाएको छ।

    छनोट भएका युवाहरूसँग तालिम सम्बन्धी अन्तरक्रिया तथा छलफल समेत सम्पन्न गरिएको शाखा प्रमुख श्रेष्ठले जानकारी दिए।


    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to kantipurpati.com Site By :TriTech

    You cannot copy content of this page