गोरखा — गोरखाका स्थानीय तह र गण्डकी प्रदेश सरकारबीच समन्वय तथा अन्तरसम्बन्ध सुदृढ गर्ने उद्देश्यले अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको छ। आर्थिक मामिला मन्त्रालयले शुक्रबार गोरखामा ‘प्रदेश र स्थानीय तहको समन्वय तथा अन्तरसम्बन्ध सम्बन्धी छलफल एवं अन्तरक्रिया कार्यक्रम’ सम्पन्न गरेको हो।
कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, आर्थिक मामिला मन्त्री डा. टकराज गुरुङ, ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्री नन्दप्रसाद न्यौपाने लगायतको सहभागिता रहेको थियो। गोरखाका ११ वटै नगर तथा गाउँपालिकाका प्रमुख, उपप्रमुख, प्रमुख जिल्ला अधिकारी तथा सुरक्षा निकायका प्रमुखहरू पनि कार्यक्रममा सहभागी भएका थिए।
अन्तरक्रियामा प्रदेश र स्थानीय तहद्वारा सञ्चालन गरिएका कार्यक्रमबीच तादात्म्यता मिलाउनुपर्नेमा जोड दिइएको थियो। प्रदेश सरकारका कतिपय योजना लामो समयदेखि अलपत्र अवस्थामा रहेको भन्दै पालिका प्रमुखहरूले गुनासो गरेका धार्चे गाउँपालिकाका प्रमुख लक्ष्मण गुरुङले जानकारी दिए। साथै, प्रदेश र स्थानीय तहले कार्यक्रम तय गर्दा दोहोरोपन (डुप्लिकेशन) हुन नदिनुपर्नेमा समेत जोड दिइएको उनले बताए।
प्रदेश सरकारले सञ्चालन गरेका पूर्वाधार निर्माण योजनामा प्रयोग भएका ढुंगा, गिटी र बालुवाजस्ता सामग्रीको राजस्व पालिकालाई नतिरेको विषयमा पनि पालिका प्रमुखहरूले प्रश्न उठाएका सहिद लखन गाउँपालिकाका प्रमुख रमेश थापाले बताए।
कार्यक्रममा ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्री न्यौपानेले संविधानको मर्मअनुसार प्रदेश र स्थानीय तहबीच सहकार्य, समन्वय र सहअस्तित्व सुदृढ गर्दै प्रभावकारी बजेट विनियोजन र कार्यान्वयनमार्फत दिगो विकास हासिल गर्नुपर्नेमा जोड दिए।
मुख्यमन्त्री पाण्डेले पालिका प्रमुखहरूले उठाएका विषयहरूबारे जवाफ दिँदै समन्वयलाई अझ प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए।
-
आर्थिक वर्षको पहिलो दिनबाटै एक्सनमा उत्रिए सहिद लखन गाउँपालिका–७ का वडाध्यक्ष शरण श्रेष्ठ, १७ योजना कार्यान्वयनमा
-
‘नोट हजारको’ लिएर आए बसन्त लम्साल र शान्तिश्री परियार
-
गोरखाका किरण ढकाल राष्ट्रिय युवा संघ नेपाल गण्डकी प्रदेशको सचिवमा चयन
-
तीजको मौलिक कोसेली ‘नाच्ने आजै हो’ सार्वजनिक, परम्परागत संस्कृतिको सुन्दर चित्रण
-
चाँगुनारायणमा स्वास्थ्य संस्था र फार्मेसीको संयुक्त अनुगमन, नियमविपरीत सञ्चालनमा कारबाहीको चेतावनी