गोरखा — गोरखा नगरपालिका र बन्दिपुर गाउँपालिकाका मेलमिलापकर्ताबीच न्यायिक कार्यसम्पादन सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। बन्दिपुर गाउँपालिकाको समन्वय तथा गोरखा नगरपालिकाको आयोजनामा शुक्रबार र शनिबार दुई दिनसम्म कार्यक्रम सञ्चालन गरिएको हो।
कार्यक्रममा मेलमिलापकर्ताबीच न्याय सम्पादनका असल अभ्यास, अनुभव तथा चुनौतीका विषयमा अनुभव आदानप्रदान गरिएको थियो। साथै, मेलमिलापकर्ताहरूका लागि पुनर्ताजगी (रिफ्रेसर) तालिम समेत सञ्चालन गरिएको गोरखा नगरपालिका उपप्रमुख तथा न्यायिक समिति संयोजक मसली माया थोकरले जानकारी दिइन्।
तालिममा जिल्ला न्यायाधीश विष्णु गौतम, पूर्व न्यायाधिवक्ता सुरेन्द्र काफ्ले लगायतले प्रशिक्षण प्रदान गरेका थिए।
कार्यक्रम मसली माया थोकरको अध्यक्षता तथा गोरखा नगरपालिकाका प्रमुख कृष्ण राना मगरको प्रमुख आतिथ्यतामा उद्घाटन गरिएको थियो। कार्यक्रममा न्यायिक समिति सदस्य सावित्रा थापा पुलामी, नेपाल पत्रकार महासंघ गोरखाका अध्यक्ष नरेन्द्र ढकाल लगायतले मन्तव्य व्यक्त गरेका थिए।
अन्तरक्रिया कार्यक्रममा गोरखा नगरपालिकाका सबै वडाका मेलमिलापकर्ताहरूको उल्लेख्य सहभागिता रहेको थियो।
-
आर्थिक वर्षको पहिलो दिनबाटै एक्सनमा उत्रिए सहिद लखन गाउँपालिका–७ का वडाध्यक्ष शरण श्रेष्ठ, १७ योजना कार्यान्वयनमा
-
‘नोट हजारको’ लिएर आए बसन्त लम्साल र शान्तिश्री परियार
-
गोरखाका किरण ढकाल राष्ट्रिय युवा संघ नेपाल गण्डकी प्रदेशको सचिवमा चयन
-
तीजको मौलिक कोसेली ‘नाच्ने आजै हो’ सार्वजनिक, परम्परागत संस्कृतिको सुन्दर चित्रण
-
चाँगुनारायणमा स्वास्थ्य संस्था र फार्मेसीको संयुक्त अनुगमन, नियमविपरीत सञ्चालनमा कारबाहीको चेतावनी