गोरखा — सिरानचोक गाउँपालिकाले आर्थिक वर्ष २०८२/०८३ अन्तर्गत स्वीकृत योजनाहरूको सम्झौता कार्य तोकिएको समयसीमाभित्र सम्पन्न गर्न निर्देशन दिएको छ। गाउँकार्यपालिकाको कार्यालयद्वारा जारी आधिकारिक सूचनाअनुसार गाउँसभाबाट स्वीकृत सम्पूर्ण योजनाहरूको सम्झौता बैशाख २५ गतेभित्र अनिवार्य रूपमा गर्नुपर्ने उल्लेख गरिएको छ।
सूचनामा सम्बन्धित उपभोक्ता समिति तथा सरोकारवालाहरूलाई आवश्यक कागजातसहित समयमै योजना सम्झौता प्रक्रिया पूरा गर्न आग्रह गरिएको छ। निर्धारित समयसीमाभित्र सम्झौता भएका योजनाहरू कार्यान्वयन प्रक्रियामा अगाडि नबढाइने स्पष्ट पारिएको छ।
“तोकिएको समयसीमाभित्र योजना सम्झौता नगरेमा सम्बन्धित योजनाहरूमा थप प्रक्रिया अघि बढाइने छैन,” प्रमुख प्रशासकीय अधिकृत ठाकुर प्रसाद अर्यालले बताएका छन्।
गाउँपालिकाले विकास योजनाहरूको प्रभावकारी कार्यान्वयन सुनिश्चित गर्न समयमै सम्झौता प्रक्रिया पूरा गर्नुपर्नेमा जोड दिएको छ।
-
आर्थिक वर्षको पहिलो दिनबाटै एक्सनमा उत्रिए सहिद लखन गाउँपालिका–७ का वडाध्यक्ष शरण श्रेष्ठ, १७ योजना कार्यान्वयनमा
-
‘नोट हजारको’ लिएर आए बसन्त लम्साल र शान्तिश्री परियार
-
बेरुजू आउनु भनेको सबै भ्रष्टाचार होइन : आँबुखैरेनी अध्यक्ष चुमान
-
गोरखाका किरण ढकाल राष्ट्रिय युवा संघ नेपाल गण्डकी प्रदेशको सचिवमा चयन
-
तीजको मौलिक कोसेली ‘नाच्ने आजै हो’ सार्वजनिक, परम्परागत संस्कृतिको सुन्दर चित्रण