काठमाडौँ — नेपाली युवा उद्यमी परशुराम चौहान ‘प्रलाद’ अन्तर्राष्ट्रिय मञ्चमा सम्मानित भएका छन्। उनलाई ‘युनिभर्सल बुक अफ वर्ल्ड रेकर्ड’द्वारा ‘गतिशील युवा उद्यमी’ विधामा सम्मान प्रदान गरिएको हो।
बहुक्षेत्रीय स्वास्थ्य सेवा, डायग्नोस्टिक्स तथा परामर्श क्षेत्रमा सक्रिय चौहानले विभिन्न उद्यममा नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएको योगदानको कदरस्वरूप उक्त सम्मान प्राप्त गरेका हुन्। नरुलाज एन्ड कम्पनी (इभेन्ट्स)को व्यवस्थापनमा सम्पन्न कार्यक्रममा पत्रकारिता, महिला सशक्तीकरण, डिजिटल मिडिया, कला तथा व्यवसाय क्षेत्रमा संलग्न अन्तर्राष्ट्रिय व्यक्तित्वहरूको सहभागिता रहेको थियो।
ताप्लेजुङबाट काठमाडौँ आएर उद्यमशील क्षेत्रमा स्थापित भएका चौहान कलाकारिता, सामाजिक तथा राजनीतिक गतिविधिमा समेत सक्रिय छन्। स्वास्थ्य सेवा तथा डायग्नोस्टिक्स क्षेत्रमा उनले पुर्याएको योगदानको प्रशंसा गर्दै आयोजकले उनको कामले उद्यमशीलता र सामाजिक उत्तरदायित्वबीच सन्तुलन कायम गरेको उल्लेख गरेका छन्।
सम्मान ग्रहणपछि चौहानले यो उपलब्धि सामूहिक प्रयासको परिणाम भएको बताएका छन्। “यो उपलब्धि मेरो मात्र होइन, परिवार, सहकर्मी, शुभेच्छुक र सम्पूर्ण नेपालीको साथ र विश्वासको प्रतिफल हो,” उनले भने।
अन्तर्राष्ट्रिय मञ्चमा नेपाली युवाको प्रतिनिधित्व गर्न पाउँदा गर्व लागेको उल्लेख गर्दै उनले यस्तो उपलब्धिले नेपाली युवामा क्षमता, दूरदृष्टि र लक्ष्यप्रति प्रतिबद्धता रहेको सन्देश विश्वसामु पुगेको बताए। आगामी दिनमा अझ ठूलो लक्ष्यका साथ अघि बढ्ने प्रतिबद्धता समेत उनले व्यक्त गरेका छन्।
संघर्षबाट स्थापित भएका चौहानले मेहनत र निरन्तरताबाट सफलता सम्भव हुने विश्वास व्यक्त गरे। उनले आफ्नो व्यवसायमार्फत रोजगारी सिर्जना गर्नुका साथै सामाजिक सेवामा पनि सक्रिय भूमिका निर्वाह गर्दै आएका छन्। कोभिड–१९ महामारीका समयमा उनले विभिन्न व्यक्तिहरूलाई सहयोग गरेका थिए।
भारतको गोवास्थित बागा समुद्र तटमा आयोजित एक अन्तर्राष्ट्रिय समारोहमा उनलाई सम्मान गरिएको हो। चौहान चर्चित गायिका एलिना चौहानका दाजु पनि हुन्।
-
चल्याे बतास सरर गोरखाको डांडैमा सार्वजनिक, गोरखाका परशुराम थपलियाको नयाँ लोकदोहोरी गीत चर्चामा
-
सेफ गिरी राज भट्ट: संघर्ष, स्वाद र सफलताको प्रेरणादायी यात्रा
-
चिरायु डेन्ट केयरका सञ्चालक सागर जोशी विशेष सम्मानित
-
झम्के रोधी क्लबको चौथो वार्षिकोत्सव आज सम्पन्न हुँदै
-
लोकदोहोरी व्यवसायी संघद्वारा बसपार्कका ६१ दोहोरी साँझलाई सुरक्षा सामग्री हस्तान्तरण