logo

शनिबार, जेष्ठ ३० २०८३

kantipurpationlinetv

२०८३ जेष्ठ ३० शनिबार

खुला प्रतिस्पर्धाबाट राजदूत नियुक्ति गर्ने तयारीमा सरकार

खुला प्रतिस्पर्धाबाट राजदूत नियुक्ति गर्ने तयारीमा सरकार


  • बुधबार, बैशाख १६ २०८३
  • 1.5K
    SHARES

    काठमाडौं — नेपाल सरकारले पहिलोपटक खुला प्रतिस्पर्धामार्फत राजदूत नियुक्त गर्ने पहल थालेको छ। यसअघि परराष्ट्र मन्त्रालयका कर्मचारी तथा सत्तारुढ दलहरूको सिफारिसका आधारमा हुने नियुक्ति प्रणालीलाई परिवर्तन गर्दै सरकारले नयाँ अभ्यास सुरु गर्न लागेको हो।

    परराष्ट्र मन्त्री शिशिर खनालको सचिवालय स्रोतका अनुसार राजदूत नियुक्तिका लागि निश्चित संख्यामा विज्ञापन खुलाइनेछ र प्रतिस्पर्धाबाट योग्य उम्मेदवार छनोट गरी नियुक्ति गरिनेछ।

    राजदूत नियुक्ति सम्बन्धी निर्देशिका, २०७५ अनुसार कुल राजदूत पदमध्ये कम्तीमा ५० प्रतिशत क्यारियर कूटनीतिज्ञ (परराष्ट्र मन्त्रालयका कर्मचारी)बाट र बाँकी ५० प्रतिशत राजनीतिक नियुक्तिबाट पूर्ति गर्नुपर्ने व्यवस्था छ।

    हाल नेपालका ४४ विदेशस्थित नियोगमध्ये ३४ दूतावास र १० वाणिज्य दूतावास कार्यालय सञ्चालनमा छन्। अहिले भारत, चीन, अमेरिका, बेलायत लगायतका महत्वपूर्ण देशसहित १७ राजदूत पद रिक्त रहेका छन्।

    अघिल्लो सरकारले नियुक्त गरेका राजदूतहरूलाई पछिल्लो राजनीतिक परिवर्तनपछि फिर्ता बोलाइएको थियो। आगामी जुलाई अन्त्यसम्म ब्राजिल, बहराइन, बंगलादेश, म्यानमार, अष्ट्रिया, ओमान र इजिप्टका राजदूतहरूको कार्यकाल सकिँदैछ, जसले थप पद रिक्त बनाउनेछ।

    यससँगै वर्तमान सरकारले एकैपटक करिब २४ जना राजदूत नियुक्त गर्ने अवसर प्राप्त गर्नेछ।


    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to kantipurpati.com Site By :TriTech

    You cannot copy content of this page