गोरखा — आरुघाट गाउँपालिकाको आयोजनामा तीन दिने नेतृत्व विकास तथा उद्घोषण तालिम सम्पन्न भएको छ। “सिप सिकौँ, आत्मनिर्भर बनौँ” भन्ने मूल नारासहित वैशाख १२ गतेदेखि १४ गतेसम्म सञ्चालन गरिएको उक्त तालिम गाउँपालिकाको कार्यालयमा सम्पन्न भएको हो।
अधिकारकर्मी इन्द्रराज भट्टराईको सहजीकरणमा सञ्चालन गरिएको तालिममा सहभागीहरूलाई नेतृत्व विकास, प्रभावकारी सञ्चार सीप तथा उद्घोषण सम्बन्धी व्यावहारिक ज्ञान प्रदान गरिएको गाउँपालिकाले जनाएको छ। उक्त तालिममा विभिन्न वडाका जनप्रतिनिधि तथा स्थानीयहरू गरी करिब ३० जनाको सहभागिता रहेको थियो।
समापन कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भीमसेन श्रेष्ठले सहभागीहरूलाई प्रमाणपत्र वितरण गर्नुभयो। सो अवसरमा बोल्दै उहाँले यस्ता तालिमहरूले व्यक्तित्व विकास र कार्यसम्पादन क्षमतामा सकारात्मक प्रभाव पार्ने उल्लेख गर्नुभयो। “यस प्रकारका तालिमहरूले सहभागीहरूको आत्मविश्वास अभिवृद्धि गर्नुका साथै सार्वजनिक रूपमा आफ्ना विचार स्पष्ट र प्रभावकारी रूपमा प्रस्तुत गर्ने क्षमता विकासमा महत्वपूर्ण भूमिका खेल्दछन्। प्राप्त ज्ञान र सीपलाई व्यवहारमा कार्यान्वयन गर्न म सबै सहभागीहरूलाई आग्रह गर्दछु।”
कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष कल्पना नेपालीले स्थानीय तहमा नेतृत्व विकासका लागि यस्ता कार्यक्रम आवश्यक रहेको बताउनुभयो। “स्थानीय तहमा विशेषगरी महिला तथा युवाहरूको नेतृत्व क्षमता अभिवृद्धिका लागि यस्ता तालिमहरू अत्यन्त उपयोगी सावित हुन्छन्। आगामी दिनहरूमा पनि यस्ता कार्यक्रमहरूलाई निरन्तरता दिने हाम्रो प्रतिबद्धता रहेको छ।”
तस्बिरहरु हेर्नुहोस्:

-
आर्थिक वर्षको पहिलो दिनबाटै एक्सनमा उत्रिए सहिद लखन गाउँपालिका–७ का वडाध्यक्ष शरण श्रेष्ठ, १७ योजना कार्यान्वयनमा
-
‘नोट हजारको’ लिएर आए बसन्त लम्साल र शान्तिश्री परियार
-
गोरखाका किरण ढकाल राष्ट्रिय युवा संघ नेपाल गण्डकी प्रदेशको सचिवमा चयन
-
तीजको मौलिक कोसेली ‘नाच्ने आजै हो’ सार्वजनिक, परम्परागत संस्कृतिको सुन्दर चित्रण
-
चाँगुनारायणमा स्वास्थ्य संस्था र फार्मेसीको संयुक्त अनुगमन, नियमविपरीत सञ्चालनमा कारबाहीको चेतावनी