गोरखा — पालुङटार नगरपालिका ले सार्वजनिक तथा सरकारी स्वामित्वका जग्गामा भएको अतिक्रमण हटाउन १५ दिने अल्टिमेटम दिएको छ।
नगरपालिकाको आज एक सूचना जारि गर्दै नगरपालिका क्षेत्रभित्रका सार्वजनिक जग्गा, नदी–खोलाको बहाव क्षेत्र, सरकारी जग्गा तथा ऐलानी/प्रती जग्गामा अनुमति बिना निर्माण गरिएका संरचनाहरू १५ दिनभित्र हटाउन आग्रह गरेको हो।
सूचनामा स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ११ अनुसार सार्वजनिक सम्पत्तिको संरक्षण स्थानीय तहको दायित्व भएको उल्लेख गरिएको छ। कार्यपालिका बैठक तथा सार्वजनिक जग्गा संरक्षण समितिको निर्णयका आधारमा अतिक्रमण हटाउने प्रक्रिया अघि बढाइने जनाइएको छ।
तोकिएको समयसीमाभित्र संरचना नहटाएमा नगरपालिका आफैंले हटाउने र त्यसमा लागेको खर्च सम्बन्धित व्यक्तिबाट सरकारी बाँकी सरह असुलउपर गरिने प्रमुख प्रशासकीय अधिकृत शेर बहादुर बी.सी. ले बताएका छन्।
नगरपालिकाले सम्पूर्ण नगरबासीलाई सूचनाको पालना गर्न आग्रह गर्दै सार्वजनिक सम्पत्तिको संरक्षणमा सहयोग गर्न अनुरोध गरेको छ।

-
आर्थिक वर्षको पहिलो दिनबाटै एक्सनमा उत्रिए सहिद लखन गाउँपालिका–७ का वडाध्यक्ष शरण श्रेष्ठ, १७ योजना कार्यान्वयनमा
-
‘नोट हजारको’ लिएर आए बसन्त लम्साल र शान्तिश्री परियार
-
गोरखाका किरण ढकाल राष्ट्रिय युवा संघ नेपाल गण्डकी प्रदेशको सचिवमा चयन
-
तीजको मौलिक कोसेली ‘नाच्ने आजै हो’ सार्वजनिक, परम्परागत संस्कृतिको सुन्दर चित्रण
-
चाँगुनारायणमा स्वास्थ्य संस्था र फार्मेसीको संयुक्त अनुगमन, नियमविपरीत सञ्चालनमा कारबाहीको चेतावनी