लमजुङ — लमजुङको मर्स्याङ्दी गाउँपालिकाले पालिकाभित्र सञ्चालित सहकारी संस्थाहरूमा भाका नाघेका ऋण तत्काल चुक्ता गर्न ऋणी सदस्यहरूलाई आग्रह गर्दै सूचना जारी गरेको छ।
गाउँकार्यपालिकाको कार्यालयका अनुसार पालिकाभित्र सञ्चालनमा रहेका सहकारी संस्थाहरूमा बक्यौता ऋणीको संख्या उल्लेख्य रूपमा बढ्दै गएको छ। कतिपय ऋणीहरूले लामो समयदेखि सम्झौता अनुसार सावाँ तथा ब्याज भुक्तानी नगर्ने, सम्पर्कमा नआउने तथा पटक–पटक ताकेता गर्दा समेत अटेर गर्ने प्रवृत्ति बढ्दै गएको पाइएको छ।
यसले सहकारी संस्थाहरूको समग्र वित्तीय अवस्था कमजोर बन्दै गएको भन्दै गाउँपालिका र पालिकास्तरीय सहकारी समन्वय समितिको निर्णयअनुसार सूचना प्रकाशित गरिएको हो।
सूचनामा भाका नाघेका सम्पूर्ण ऋणीहरूले यथाशीघ्र सम्बन्धित सहकारी संस्थामा सम्पर्क गरी आफ्नो ऋण चुक्ता गर्न अनुरोध गरिएको छ। साथै, सूचनालाई अवज्ञा गर्ने तथा सम्पर्कमा नआउने ऋणीहरूको हकमा प्रचलित कानुन बमोजिम कारबाही अघि बढाइने चेतावनी समेत दिइएको छ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विज्ञान पौडेलले सहकारी संस्थाको वित्तीय अनुशासन कायम राख्न सबै ऋणी सदस्यहरूलाई जिम्मेवार बन्न आग्रह गरेका छन्।
-
बेरुजू आउनु भनेको सबै भ्रष्टाचार होइन : आँबुखैरेनी अध्यक्ष चुमान
-
‘नोट हजारको’ लिएर आए बसन्त लम्साल र शान्तिश्री परियार
-
गोरखाका किरण ढकाल राष्ट्रिय युवा संघ नेपाल गण्डकी प्रदेशको सचिवमा चयन
-
तीजको मौलिक कोसेली ‘नाच्ने आजै हो’ सार्वजनिक, परम्परागत संस्कृतिको सुन्दर चित्रण
-
चाँगुनारायणमा स्वास्थ्य संस्था र फार्मेसीको संयुक्त अनुगमन, नियमविपरीत सञ्चालनमा कारबाहीको चेतावनी