logo

शनिबार, जेष्ठ ३० २०८३

kantipurpationlinetv

२०८३ जेष्ठ ३० शनिबार

दशकौँदेखि अतिक्रमित तारकेश्वर–७ को सार्वजनिक जग्गा नगरपालिकाद्वारा खाली

दशकौँदेखि अतिक्रमित तारकेश्वर–७ को सार्वजनिक जग्गा नगरपालिकाद्वारा खाली


  • बुधबार, बैशाख १६ २०८३
  • 2.8K
    SHARES

    काठमाडौं, १६ वैशाख: तारकेश्वर नगरपालिका–७ फुटुङ थापागाउँस्थित करिब १० वर्षदेखि अतिक्रमण गरी व्यावसायिक प्रयोजनमा प्रयोग हुँदै आएको सार्वजनिक जग्गा नगरपालिकाले आज डोजर प्रयोग गरी खाली गराएको छ।

    नगरपालिकामा हालै गठन गरिएको सार्वजनिक जग्गा संरक्षण समितिको पहिलो बैठकको निर्णयअनुसार सञ्चालन गरिएको अभियानमार्फत करिब २ रोपनी सरकारी जग्गा अतिक्रमणमुक्त गरिएको हो।

    नगर उपप्रमुख सृजना बुर्लाकोटीको संयोजकत्वमा भएको उक्त अभियानमा नगर प्रहरी, नेपाल प्रहरी, नगरपालिकाका कर्मचारी, सार्वजनिक जग्गा संरक्षण समिति सदस्य, सञ्चारकर्मी तथा स्थानीयवासीको सहभागिता रहेको थियो।

    नगर उपप्रमुख बुर्लाकोटीका अनुसार खाली गरिएको स्थानमा केही दिनभित्र सार्वजनिक जग्गा भएको सूचना बोर्ड राखिनेछ। उनले अतिक्रमणमा परेका अन्य सार्वजनिक जग्गाका सम्बन्धमा प्रमाणसहित विवरण नगरपालिकामा उपलब्ध गराउन स्थानीयवासीलाई आग्रह गरेकी छन्।

    नगरपालिकाका अनुसार २०७५ पुस १७ गते वडा नं. ७ ले पहिलो पटक ७ दिने सूचना जारी गर्दै अतिक्रमित संरचना हटाउन अनुरोध गरेको थियो। त्यसपछि पटक–पटक पत्राचार र अनुरोध गरिए पनि अतिक्रमण हटाइएको थिएन।

    सार्वजनिक जग्गा संरक्षण समितिको हालैको निर्णयअनुसार तत्कालै संरचना हटाएर जग्गा खाली गरिएको हो। समितिका सदस्यका अनुसार यो अभियानलाई “मिसन–२” का रूपमा अघि बढाइएको छ। यसअघि “मिसन–१” अन्तर्गत तारकेश्वर–९ मचागा क्षेत्रको सार्वजनिक जग्गा संरक्षण कार्य सुरु भइसकेको छ।

    उक्त जग्गामा सटर, पसल, होटल तथा क्याफे सञ्चालन हुँदै आएको थियो।


    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to kantipurpati.com Site By :TriTech

    You cannot copy content of this page