logo

शनिबार, जेष्ठ ३० २०८३

kantipurpationlinetv

२०८३ जेष्ठ ३० शनिबार

मेयर रिसालद्वारा सुन्दरीजलमा झाङतेर छ्योलिङ गुम्बा उद्घाटन

मेयर रिसालद्वारा सुन्दरीजलमा झाङतेर छ्योलिङ गुम्बा उद्घाटन


  • बिहिबार, बैशाख १७ २०८३
  • 1.6K
    SHARES

    काठमाडौं । गोकर्णेश्वर नगरपालिका–१ सुन्दरीजल ओख्रेनीस्थित जिङ्‌मा झाङतेर छ्योलिङ गुम्बाको उद्घाटन तथा मूर्तिहरूको प्राण प्रतिष्ठा गरिएको छ।

    गोकर्णेश्वर नगरपालिकाका मेयर दीपक रिसालले गुम्बाको उद्घाटन गरेका हुन्। बौद्ध धर्मगुरुको उपस्थितिमा पूजा–पाठसहित कार्यक्रम आयोजना गर्दै गुम्बालाई औपचारिक रूपमा सञ्चालनमा ल्याइएको हो।

    गुम्बा निर्माणमा विभिन्न चरणमा प्राप्त आर्थिक सहयोगले महत्वपूर्ण भूमिका खेलेको बताइएको छ। गोकर्णेश्वर नगरपालिकाका पूर्व मेयर सन्तोष चालिसेको कार्यकालमा वडा कार्यालयसँगको समन्वयमा ७० लाख रुपैयाँ सहयोग गरिएको थियो।

    यस्तै, बागमती प्रदेशका पूर्व मन्त्री तथा वर्तमान सांसद विमल ठकुरीको पहलमा ५० लाख रुपैयाँ उपलब्ध गराइएको थियो। हाल मेयर रिसालको कार्यकालमा थप ४० लाख रुपैयाँ सहयोग प्राप्त भएपछि निर्माण कार्य सम्पन्न भएको हो।

    स्थानीय समुदाय र जनप्रतिनिधिहरूको सहकार्यमा निर्माण गरिएको गुम्बाले धार्मिक, सांस्कृतिक तथा सामाजिक गतिविधिमा टेवा पुग्ने अपेक्षा गरिएको छ।


    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to kantipurpati.com Site By :TriTech

    You cannot copy content of this page