काठमाडौं, वैशाख २१ — बुढानीलकण्ठ नगरपालिकाका नगर प्रमुख मिठाराम अधिकारीले नगर क्षेत्रमा नयाँ व्यवसायिक लगानी भित्रिनु विकास र समृद्धिको सकारात्मक संकेत भएको बताएका छन्।
बुढानीलकण्ठमा सञ्चालनमा आएको यामाहा थ्रीएस शोरुम उद्घाटन कार्यक्रममा सम्बोधन गर्दै उनले निजी क्षेत्रको सक्रिय सहभागिताले स्थानीय अर्थतन्त्रलाई चलायमान बनाउने, रोजगारी सिर्जना गर्ने तथा सेवा प्रवाहलाई प्रभावकारी बनाउने धारणा व्यक्त गरे।
“नगर क्षेत्रमा नयाँ व्यवसायिक प्रतिष्ठानहरू सञ्चालनमा आउनु केवल व्यापार विस्तार मात्र होइन, यो स्थानीय विकास र समृद्धिसँग प्रत्यक्ष रूपमा जोडिएको विषय हो,” उनले भने, “यसले युवाहरूका लागि रोजगारीको अवसर सिर्जना गर्नुका साथै स्थानीय बजारलाई समेत सक्रिय बनाउँछ।”
नगर प्रमुख अधिकारीले नगरपालिका र निजी क्षेत्रबीचको सहकार्यलाई अझ प्रभावकारी बनाउँदै लगानीमैत्री वातावरण तयार गर्ने नीति लिइएको जानकारी दिए। उनले पूर्वाधार विकास, सेवा विस्तार तथा स्थानीय उद्यम प्रवर्द्धनलाई प्राथमिकतामा राखेर काम भइरहेको उल्लेख गरे।
उनका अनुसार स्थानीय तहमा हुने व्यवसायिक लगानीले नगरवासीलाई आवश्यक सेवा सहज रूपमा उपलब्ध गराउनुका साथै आर्थिक गतिविधिमा सकारात्मक प्रभाव पार्नेछ। आगामी दिनमा पनि निजी क्षेत्रसँग सहकार्य गर्दै नगरको आर्थिक तथा सामाजिक विकासलाई सुदृढ बनाउने लक्ष्य लिएको उनले बताए।
कार्यक्रममा सहभागी स्थानीयवासी तथा व्यवसायीहरूले बुढानीलकण्ठ क्षेत्रमा आधुनिक व्यवसायिक सेवा विस्तार हुनु सकारात्मक भएको प्रतिक्रिया दिएका थिए। उनीहरूले यस्ता लगानीले स्थानीय अर्थतन्त्रलाई थप गतिशील बनाउने विश्वास व्यक्त गरेका छन्।
-
आर्थिक वर्षको पहिलो दिनबाटै एक्सनमा उत्रिए सहिद लखन गाउँपालिका–७ का वडाध्यक्ष शरण श्रेष्ठ, १७ योजना कार्यान्वयनमा
-
‘नोट हजारको’ लिएर आए बसन्त लम्साल र शान्तिश्री परियार
-
गोरखाका किरण ढकाल राष्ट्रिय युवा संघ नेपाल गण्डकी प्रदेशको सचिवमा चयन
-
तीजको मौलिक कोसेली ‘नाच्ने आजै हो’ सार्वजनिक, परम्परागत संस्कृतिको सुन्दर चित्रण
-
चाँगुनारायणमा स्वास्थ्य संस्था र फार्मेसीको संयुक्त अनुगमन, नियमविपरीत सञ्चालनमा कारबाहीको चेतावनी