गोरखा — उत्तरी गोरखाको धार्चे गाउँपालिकाले विभिन्न प्रकृतिका अपाङ्गता भएका व्यक्तिहरूलाई लक्षित गर्दै सहयोगी सामग्री वितरण गरेको छ।
गाउँपालिकाको सामाजिक विकास शाखाले सोमबार आयोजना गरेको कार्यक्रममा बैसाखी, ह्वीलचेयरसहितका आवश्यक सामग्रीहरू हस्तान्तरण गरिएको हो। कार्यक्रम गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बुद्धिराम बस्नेतको अध्यक्षता तथा अध्यक्ष लक्ष्मण गुरुङको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। कार्यक्रममा उपाध्यक्ष सुनिला गुरुङ, जनप्रतिनिधि, कर्मचारी तथा स्थानीयवासीको उपस्थिति रहेको थियो।
गाउँपालिकाका अनुसार वडा–वडाबाट छनोट गरिएका २८ जना अपाङ्गता भएका व्यक्तिहरूलाई उनीहरूको आवश्यकताअनुसार ह्वीलचेयर, बैसाखी, चस्मा, श्रवण यन्त्र तथा सेतो छडी लगायतका सामग्री प्रदान गरिएको सामाजिक विकास शाखाकी निरु विश्वकर्माले जानकारी दिइन्।
उनका अनुसार कार्यक्रमका लागि गाउँपालिकाले करिब तीन लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो।
गाउँपालिका अध्यक्ष लक्ष्मण गुरुङले अपाङ्गता भएका व्यक्तिहरूको दैनिक जीवन सहज बनाउने तथा सामाजिक समावेशीकरणलाई प्रवर्द्धन गर्ने उद्देश्यले सामग्री वितरण गरिएको बताए। उनले आवश्यकता अनुसार आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिइने उल्लेख गरे।
यसअघि पनि गाउँपालिकाले ग र घ वर्गका अपाङ्गता भएका व्यक्तिहरूका लागि मुढा बुन्ने तालिम सञ्चालन गरेको थियो।
-
आर्थिक वर्षको पहिलो दिनबाटै एक्सनमा उत्रिए सहिद लखन गाउँपालिका–७ का वडाध्यक्ष शरण श्रेष्ठ, १७ योजना कार्यान्वयनमा
-
‘नोट हजारको’ लिएर आए बसन्त लम्साल र शान्तिश्री परियार
-
गोरखाका किरण ढकाल राष्ट्रिय युवा संघ नेपाल गण्डकी प्रदेशको सचिवमा चयन
-
तीजको मौलिक कोसेली ‘नाच्ने आजै हो’ सार्वजनिक, परम्परागत संस्कृतिको सुन्दर चित्रण
-
चाँगुनारायणमा स्वास्थ्य संस्था र फार्मेसीको संयुक्त अनुगमन, नियमविपरीत सञ्चालनमा कारबाहीको चेतावनी