गोरखा । डिभिजन वन कार्यालय गोरखाले एकै दिन दुई वटा रतुवा मृगको उद्धार गरेको छ। गोरखा नगरपालिकाका दुई फरक स्थानबाट मृगहरूको उद्धार गरिएको कार्यालयले जनाएको छ।
कार्यालय प्रमुख मदन मोहन शाण्डिल्यका अनुसार एउटा मृग गोरखा बजारको प्रतिक्षालयचोकस्थित टिभिएस सोरुमबाट र अर्को छेबेटारस्थित स्थानीय गोकर्णबहादुर थापाको घरबाट उद्धार गरिएको हो। मंगलवार बिहान प्रतिक्षालयचोकमा मृग देखिएपछि स्थानीयले कार्यालयमा जानकारी गराएका थिए। त्यसलगत्तै खटिएको टोलीले मृगलाई सुरक्षित रूपमा उद्धार गरेको थियो।
त्यसै दिन साँझ छेबेटारमा अर्को मृग फेला परेपछि स्थानीयको सूचनाका आधारमा टोली पुगेर दोस्रो मृगको समेत उद्धार गरिएको कार्यालयले जनाएको छ। उद्धार गरिएका दुवै मृग करिब आठ महिनाका रहेको र उनीहरूलाई उपयुक्त वासस्थानमा लगेर छाडिएको जानकारी दिइएको छ।
कार्यालय प्रमुख शाण्डिल्यले हावाहुरीका कारण वन्यजन्तु तितरवितर भई बस्तीमा पस्ने गरेको बताए। यस्ता घटना विगतमा पनि दोहोरिने गरेको उल्लेख गर्दै कार्यालयले स्थानीयलाई वन्यजन्तु देखिएमा तुरुन्त जानकारी गराउन अनुरोध गरेको छ।
-
आर्थिक वर्षको पहिलो दिनबाटै एक्सनमा उत्रिए सहिद लखन गाउँपालिका–७ का वडाध्यक्ष शरण श्रेष्ठ, १७ योजना कार्यान्वयनमा
-
‘नोट हजारको’ लिएर आए बसन्त लम्साल र शान्तिश्री परियार
-
गोरखाका किरण ढकाल राष्ट्रिय युवा संघ नेपाल गण्डकी प्रदेशको सचिवमा चयन
-
तीजको मौलिक कोसेली ‘नाच्ने आजै हो’ सार्वजनिक, परम्परागत संस्कृतिको सुन्दर चित्रण
-
चाँगुनारायणमा स्वास्थ्य संस्था र फार्मेसीको संयुक्त अनुगमन, नियमविपरीत सञ्चालनमा कारबाहीको चेतावनी