काठमाडौं । सौन्दर्य क्षेत्रमा गुणस्तरीय सेवा दिने उद्देश्यले काठमाडौंको सामाखुसीस्थित सिटी स्क्वायर मलको पाचौं तल्लामा ‘ओएसिस युनिसेक्स सैलुन एण्ड स्पा’ सञ्चालनमा आएको छ ।
शनिबार आयोजित भव्य समारोहबीच नेपाली चलचित्र क्षेत्रकी चर्चित अभिनेत्री करिश्मा मानन्धरले रिबन काटेर सैलुनको औपचारिक शुभारम्भ गरेकी हुन् । कार्यक्रममा बोल्दै उनले सञ्चालक टोलीलाई सफलताको शुभकामना व्यक्त गर्दै सौन्दर्य तथा व्यक्तित्व विकास क्षेत्रमा यस्ता व्यवसायको आवश्यकता बढ्दै गएको बताइन् ।
लामो समयदेखि सौन्दर्य क्षेत्रमा सक्रिय रहँदै आएकी व्यवसायी सुशीला थापाले आधुनिक तथा गुणस्तरीय सेवा प्रदान गर्ने उद्देश्यसहित ओएसिस युनिसेक्स सैलुन एण्ड स्पा सञ्चालनमा ल्याएको बताइन् ।
सञ्चालक थापाका अनुसार सैलुनमा दक्ष एवं अनुभवी ब्युटिसियन तथा हेयर डिजाइनरमार्फत म्यानिक्योर, पेडिक्योर, वाक्सिङ, आइल्यास, स्पा, फेसियल एक्सटेन्सन, रिफ्लेक्सोलोजी, नेल सर्भिस तथा हेयर सर्भिस लगायतका सेवा उपलब्ध रहेका छन् । साथै, विशेष ब्युटी तालिमसमेत प्रदान गरिने सलोनले जनाएको छ ।
‘स्टेप इन्टु स्टाइल, ब्युटी एन्ड कन्फिडेन्स’ भन्ने नारासहित सञ्चालनमा आएको ओएसिस युनिसेक्स सैलुन एण्ड स्पामा अन्तर्राष्ट्रियस्तरको प्रविधि तथा आधुनिक सेवा सुविधा उपलब्ध गराइएको सञ्चालक पक्षले जनाएको छ ।
सैलुनले ग्राहकलाई स्तरीय, सुरक्षित र विश्वसनीय सेवा प्रदान गर्ने लक्ष्य राखेको जनाएको छ ।

-
आर्थिक वर्षको पहिलो दिनबाटै एक्सनमा उत्रिए सहिद लखन गाउँपालिका–७ का वडाध्यक्ष शरण श्रेष्ठ, १७ योजना कार्यान्वयनमा
-
बेरुजू आउनु भनेको सबै भ्रष्टाचार होइन : आँबुखैरेनी अध्यक्ष चुमान
-
‘नोट हजारको’ लिएर आए बसन्त लम्साल र शान्तिश्री परियार
-
गोरखाका किरण ढकाल राष्ट्रिय युवा संघ नेपाल गण्डकी प्रदेशको सचिवमा चयन
-
तीजको मौलिक कोसेली ‘नाच्ने आजै हो’ सार्वजनिक, परम्परागत संस्कृतिको सुन्दर चित्रण