गोरखा: सम्भव नेपाल का संस्थापक अध्यक्ष तथा समाजसेवी प्रेमकुमार खत्रीको पहलमा गोरखा जिल्लाका दुई स्वास्थ्य संस्थालाई सुविधासम्पन्न प्रयोगशाला स्थापनाका लागि आधुनिक स्वास्थ्य उपकरण हस्तान्तरण गरिएको छ।
गुणस्तरीय स्वास्थ्य सेवा गाउँघरमै उपलब्ध गराउने उद्देश्यसहित गोरखा नगरपालिका–२ स्थित कोखेआहाले शहरी स्वास्थ्य केन्द्र तथा भिमसेनथापा गाउँपालिका–६ अश्राङस्थित शहिद स्मृति आधारभूत अस्पताललाई करिब ८० लाख रुपैयाँ बराबरका अत्याधुनिक स्वास्थ्य उपकरण प्रदान गरिएको सम्भव नेपालका कार्यक्रम व्यवस्थापक उत्तम अधिकारीले जानकारी दिए।
अश्राङस्थित शहिद स्मृति आधारभूत अस्पताललाई डिजिटल प्रविधियुक्त एक्स–रे (डीआर सिस्टम), भिडियो एक्स–रे मेसिन, ईसीजी मेसिन, फ्रिज लगायतका सामग्री हस्तान्तरण गरिएको छ। त्यसैगरी, कोखेआहाले शहरी स्वास्थ्य केन्द्रमा व्यवस्थित प्रयोगशाला सञ्चालनका लागि आइएलआर मेसिन, यूएसजी मेसिन, इलेक्ट्रिक एनालाइजर तथा माइक्रोस्कोप लगायतका उपकरण उपलब्ध गराइएको छ।
उक्त उपकरणहरूको प्रयोगपछि स्थानीय नागरिकले सामान्य स्वास्थ्य परीक्षण तथा रिपोर्टका लागि सदरमुकाम वा चितवन–काठमाडौं धाउनुपर्ने बाध्यता कम हुने विश्वास लिइएको छ।
बुधबार आयोजित कार्यक्रममा प्रेमकुमार खत्रीले स्वास्थ्य सामग्री स्थानीय तह तथा स्वास्थ्य संस्थाका प्रतिनिधिहरूलाई हस्तान्तरण गरेका हुन्। कोखेआहालेमा आयोजित कार्यक्रममा गोरखा नगरपालिकाका मेयर कृष्णबहादुर राना, उपमेयर सपना पुन, वडाध्यक्ष रहमतुल्ला मियाँलगायतको उपस्थिति रहेको थियो। त्यस्तै अश्राङमा आयोजित कार्यक्रममा भिमसेनथापा गाउँपालिकाका अध्यक्ष लोकप्रसाद वञ्जारा, उपाध्यक्ष अमृता वस्ती लगायत सहभागी भएका थिए।
कार्यक्रममा स्थानीय तहका जनप्रतिनिधिहरूले प्राप्त उपकरणहरूको सदुपयोग गर्दै छिट्टै स्वास्थ्य सेवा सञ्चालनमा ल्याइने प्रतिबद्धता व्यक्त गरेका छन्। साथै, सम्भव नेपालको सहयोगप्रति धन्यवाद व्यक्त गर्दै आगामी दिनमा समेत सहकार्यलाई प्रभावकारी बनाइने बताएका छन्।
त्यस्तै आरुघाट गाउँपालिका–८ मा स्थानीय महिलाहरूको सक्रियता र आर्थिक आत्मनिर्भरतालाई टेवा पुऱ्याउन नवनिर्मित सहकारी भवन समेत हस्तान्तरण गरिएको छ। साविकको बालकन्या महिला सहकारीसहितको मर्जरबाट बनेको सितला बचत तथा ऋण सहकारी संस्थाका लागि निर्माण गरिएको तीन कोठे सुविधासम्पन्न भवन, शौचालय र आवश्यक फर्निचर आजै एक समारोहका बीच प्रेमकुमार खत्रीले समुदायलाई हस्तान्तरण गरेका हुन् ।
आफ्नो गृहजिल्लाका नागरिकको सेवामा समर्पित हुन पाउनु नै सबैभन्दा ठूलो सन्तुष्टि रहेको बताउँदै खत्रीले यी सामग्री र पूर्वाधारले स्थानीयको जीवनस्तरमा प्रत्यक्ष सकारात्मक प्रभाव पार्ने विश्वास समेत ब्यक्त गरेका छन्। नागरिकको स्वास्थ्य र समृद्धिका लागि आफ्नो यो सेवामुखी अभियान आगामी दिनमा पनि अझ सशक्त रूपमा अगाडि बढ्ने उनले प्रतिबद्धता जनाए। आफ्नै घरदैलोमा अत्याधुनिक स्वास्थ्य सेवा र सहकारीको आफ्नै भवन पाएपछि स्थानीय बासिन्दा समेत खुसी भएका छन् ।
खत्रीकै पहलमा यसअघि गोरखाका ११ स्थानीय तहले १३ वटा एम्बुलेन्स प्राप्त गरेका थिए भने आरुघाट आधाभूत अस्पतालमा झण्डै डेढ करोड लगानीमा अत्याधुनिक प्रयोगशाला स्थापना भई सञ्चालन रहेको बताइएको छ ।
-
चल्याे बतास सरर गोरखाको डांडैमा सार्वजनिक, गोरखाका परशुराम थपलियाको नयाँ लोकदोहोरी गीत चर्चामा
-
सेफ गिरी राज भट्ट: संघर्ष, स्वाद र सफलताको प्रेरणादायी यात्रा
-
चिरायु डेन्ट केयरका सञ्चालक सागर जोशी विशेष सम्मानित
-
झम्के रोधी क्लबको चौथो वार्षिकोत्सव आज सम्पन्न हुँदै
-
लोकदोहोरी व्यवसायी संघद्वारा बसपार्कका ६१ दोहोरी साँझलाई सुरक्षा सामग्री हस्तान्तरण


